भानु जोशी/लमही शनिबार, जेठ २९, २०७८

दाङ । देउखुरीको लमही बजार सडक छेउमा पार्किङ गरेर राखिएको आधादर्जन गाडी माथि अज्ञात समुहले गए राति तोडफोड गरेको छ ।लमही बजारको गोरक्षटोलमा आ-आफ्नो घर अगाडि पार्किङ गरेर राखेका गाडीहरुमा अज्ञात समुहले ढुंगा र इट्टाको प्रयोग गरि सिसा तोडफोड गरि क्षति पुर्‍याका छन् । यसरी तोडफोड गर्दा एउटा कार दुईवटा पिकअप,एउटा मिनिट्र्क र दुईवटा बसका अगाडि पछाडीका र झ्यालका सिसामा क्षति भएको हो । त्यस्तै तोडफोड हुने गाडीमा भे१च २८१२ को खनाल स्टोरको पिकअप, रा१ख १७४९ को हाम्रो राम्रो डेकोरको गाडी, नेपाल भारत मैत्री बस सेवा लेखेको जैसवाल फलफूलको बस र लु१ख ९१४९ को दिलिप जीसीको बसमा क्षति भएको छ ।यसैगरी लमही रातो डाँडाडामा प्रदेश ३-०१ ०२२ च २९७२ नम्बरको मिलन पाण्डेको कार, भे १ च २७२७ नम्बरको आशिष न्यौपानेको पिकअपका पनि अगाडिका सीसा फोडि क्षति पुर्‍याएका छन् । शुक्रबार राती पार्किङ गरेर राखेका गाडीहरुमा तोडफोड गरि पश्चिम तर्फ लागेका र तोडफोड गर्ने ब्यक्ति रातीमा चिन्न नसकेको स्थानीय प्रत्यक्ष दर्सीले जानकारी दिएका छन् ।यस्तै गाडी तोडफोडको घटनामा केहि फुटेजहरु सिसि क्यामरा देखिएका र अनुसन्धान गरि दोषीलाई कानुनी दायरामा ल्याई कार्वाही गरिने वडा प्रहरी कार्यालय लमहीका प्रहरी नायब निरीक्षक पुरान मल्लले जानकारी दिनु भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]