काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनु भएको छ ।
शनिबार प्रदेश प्रमुख सीता पौडेलले उहाँलाई संविधानको धारा १६८ (५)अनुसार मुख्यमन्त्री नियुक्त गर्नु भएको हो । उहाँले शुक्रबार ३१ सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी गर्नु भएको थियो ।
त्यस्तै गण्डकीमा संसद विघटन भए विद्रोह गर्ने एमाले सांसदले चेतावनी दिएपछि उहाँलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको छ । एमालेका सांसद रोशन गाहा मगर, महेन्द्र थकाली र इन्द्रलाल सापकोटाले संसद विघटन भए विद्रोह गर्ने चेतावनी दिनु भएको छ ।