दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ९ रिहारमा ४ कोठेको कच्ची घर भत्किदा पाँच लाख बराबरको क्षति भएको छ ।
रिहार निवासी राजु प्रधानको घर दुबैतिरबाट पक्की घर भएको,वर्षायाममा आकासबाट परेको पानीको निकास नहुँदा र बलेन्द्रीको पानी सबै घरको जगमा पस्न गएका कारण घर कम्जोर भै भत्किएको इलाका प्रहरी कार्यालय अमिलियाले जानाएको छ ।
सोमबार राती एक्कासी घर भत्किन लागेको थाह पाएपछि घर भित्रका सामान सुरक्षित निकाल्न सफल भैइयो”- स्थानीय टोपेन्द्र पुनले भने । उक्त घटनाबाट मानवीय क्षति भने भएको छैन । घर भत्किएको खबर पाएपछि वडा नम्बर ९ का वडा सदस्य खिम बहादुर योगी, बुद्धिराम चौधरी, इलाका प्रहरी कार्यालय अमिलियाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
त्यस्तै घर भत्किएपछि प्रधानको परिवार बिचल्लीमा परेको छ । वर्षायाम छ, किराकाटीको डर छ, कहाँ गएर बस्नी हो ? छिट्टै ओत लाग्नी सानो छाप्रो भए पनि बनाइ दिन स्थानीय सरकारसंग प्रधानले अनुरोध गरेका छन् ।