बांके। नेपालगन्जमा थप ७ संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पतालस्थित प्रयोगशालामा भएको परीक्षणमा ७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरुमा नेपालगन्ज ८ निवासी २२, ३० र ४० वर्षका पुरुष रहेका छन् भने ९, ३२, ३४ र ५५ वर्षका महिला रहेका छन् ।शुक्रबार एक जनामा संक्रमण पुष्टि भएपछि त्यसको कन्ट्याक्स टे«सिङ गर्दै गरिएको परीक्षणमा आइतबार एकै दिन १५ जना पोजेटिभ भेटिएका थिए । यो संख्या अब नेपालगन्जमा २३ र देश भरि ८२ पुगेको छ ।
(हेर्नुस् विज्ञप्ति)