शिबराज पन्थी/गढवा शुक्रबार, मंसिर २४, २०७८

दाङ । गढवामा कृषि उपज संकलन तथा भण्डारणका लागि एक कार्यक्रमका बिच मञ्जरी महिला साना किसान सहबारी संस्थालाई भलण्डै साढे चारलाख बराबरका सामाग्री हस्तान्तरण गरिएको छ । नेपाल कृषि सहकारी संस्था र सामुदायिक आत्मनिर्भर सेवा केन्द्र ले संयुक्त रुपमा किसानले उत्पादन गरेका सामाग्री संकलन र बजारिकरणलाई सहयोग गर्ने उद्देश्य अनुरुप चाढे चारलाख बराबरका चिलीङ डि फ्रिज तथा सोलार सहित आवश्यक सामाग्री हस्तान्तरण गरिएको बताईएको छ ।

मञ्जरी महिला साना किसान सहकारी संस्थाका अध्यक्ष सिता चौधरीको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा बिहिवार भएको कार्यक्रममा अध्यक्ष यादवद्धारा किसानहरुको सहकारीलाई सामान हस्तान्तरण गरिएको हो । सामाग्री हस्तान्तरण कार्यक्रममा बोलदै अध्यक्ष यादवले नेपाल कृषि सहकारी संस्था र सामुदायिक आत्मनिर्भर सेवा केन्द्रले किसानहरुको उत्पादन संकलन र बजारीकरणका लागि सहयोग गरेकोमा दुबै संस्थाहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । किसानको उत्पादन र तरकारी बजारीकरणमा समेत सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेपाल कृषि सहकारी संस्थाका महाप्रबन्धक रुद्र भट्टराईले गढवा क्षेत्रको मञ्जरी महिला सानाकिसान सहकारीसंग समन्वय र सहकार्य गर्दै किसानहरुको जिविकोपार्जन र ब्यवसायिकरणलाई आफ्नो संस्थाले हरदम सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो । नेपाल कृषि सहकारी संस्थाले किसानहरुलाई तरकारी उत्पादन,मासु तथा दुग्दजन्य पदार्थ उत्पादनमा टेवा पुग्ने गरि सस्तो ब्याजमा घुम्तिकोषका लागि १४ लाख लगानी गरेको बताउनु भयो । आत्मनिर्भर सेवा केन्द्र र नेपाल कृषि सहकारी संस्थाले सो सहकारी मार्फत भूमी,कृषि र जिविकोपार्जनको क्षेत्रमा सहयोग गर्दै आईरहेको कार्यक्रममा बोल्दै सेवा केन्द्रका प्रतिनिधी सुनिल चौधरीले बताउनु भयो ।

यस अघि मञ्जरी महिला साना किसान सहकारी संस्थाको भवन निर्माणका लागि कृषि ब्यवसायी प्रबर्धन तथा तालिम केन्द्र खजुरा बाँके ले ८ लाख ५० हजार भवन निर्माणका लागि सहयोग गरेको र सोही रकम तथा सहकारकिो थप लगानीबाट संस्थाले भवन निर्माण गरि कृषि उपज संकलन केन्द्र समेत संचालनमा ल्याएको संस्थाका अध्यक्ष सिता चौधरीले जानकारी दिनुभयो । सहकारीका शेयर सदस्य शान्ती चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको सामग्री हस्तान्तरण कार्यक्रमको संचालन संस्थाका ब्यवस्थापक संझना चौधरीले गर्नुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]