दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ हाडिमेमा रहेको राप्ती अञ्चलकै पहिलो नयाँ पाईला पुर्नस्थापना केन्द्र (सुधार गृह)ले ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुुख एवं डिएसपी श्यामु अर्यालसंग अन्तरक्रिया गरेको छ ।
शुक्रबार आज सुधार गृहमा रहेका ४५ जना उपचाररत व्यक्तिहरुसंग अन्तरक्रिया गर्दै डिएसपी अर्यालले लागुपदार्थ दुव्र्यसन, यसका कारण,असर र सधार गर्न सकिने विषयमा जानकारी दिनुु भएको थियो । सुधार गृहमा किन आईपुुगे र अव आफु कसरी परिवर्तन हुने भन्ने विषयमा व्यक्तिले स्वमुल्याङकन गर्न आग्रह गर्नु भएको थियो ।
त्यस्तै उहाँले अहिलेको समयमा युवा पुस्ता यस्ता कुलतमा फस्ने गरेको बताउनुु भयो । युवा पुस्ता नै कुलतमा फसेपछि देशको आर्थिक, सामाजिक संरचनामा नकारात्मक असर गर्ने हुँदा ‘युवा दुव्र्यसनी’ हरेक देशको लागि चिन्ताको विषय बनेको उहाँको भनाई थियो ।
यस्तै दुव्र्यसनमा युवाहरु कसरी फस्छन,युवा पुस्ताहरु नफस्नको लागि विशेष कसरी ध्यान पुर्याउनु पर्छ भन्ने विषय र दुव्र्यसनका येन कानुन सजायहरुको विषयमा समेत डिएसपी अर्यालले बताउनु भएको थियो । साथै नयाँ पाईला पुर्नस्थापना केन्द्रले लामो समयदेखि कुलतमा फसेका व्यक्तिको जिवन परिवर्तनमा महत्वपुर्ण भुुमिका निर्वाह गरेको प्रति सम्मान व्यक्त गर्नु भयो । उक्त कार्यक्रम सुधार गृहका निर्देशक सुरेश भुसालको अध्यक्षतामा सम्पन्न भएको थियो ।