Sidha Patra मंगलबार, पौष २०, २०७८

काठमाडौं । सूचना प्रविधिको पहुँच र प्रयोगमा सुगमभन्दा दुर्गमका स्थानीय तह उत्कृष्ट रहेको पाइएको छ ।

सात सय ५३ मध्ये चार सय ३४ स्थानीय तहबाट प्राप्त विवरण विश्लेषण गर्दा रुकुम पश्चिमको चौरजहारी नगरपालिका पहिलो बनेको हो ।

त्यस्तै स्थानीय तहमा सूचना प्रविधि पूर्वाधारको अवस्था, दक्ष एवं तालिमप्राप्त जनशक्तिको उपलब्धता एवं सेवा प्रवाहमा सूचना प्रविधिको प्रयोग अवस्था लगायत सात विषय समेटिएको मूल्यांकनमा दाङको तुलसीपुर,सल्यानको सारदा, रुकुम पश्चिमको चौरजहारी,बाँकेको नेपालगञ्ज लगाएतका स्थानीय तह उत्कृष्ट १५ मा परेका छन् ।

यस्तै उत्कृष्ट १५ मा आठ नगरपालिका,तीन गाउँपालिका, तीन उपमहानगरपालिका र एक महानगरपालिका छन । स्थानीय तहका सूचना प्रविधि क्षमतामा ठूलो असमानता रहेको पाइएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव सुशीला अर्यालका अनुसार सूचना प्रविधिको ज्ञान भएका कर्मचारी र पूर्वाधार अभाव रहेको पाइएको छ । चार सय ३४ मध्ये १० स्थानीय तह अर्थात् २.३ प्रतिशतमा सूचना प्रविधिसम्बन्धी जनशक्ति नै नभएको जनाइएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]