टेकबहादुर पुन बिहिबार, माघ ०६, २०७८

दाङ । कठ्याङ्रिदो जाडोको समय, त्यसैमाथी बुढ्यौली उमेर । यो समय बृद्ध बृद्धाका लागि कम्ती सकस त छैन ।

त्यसैलेपनि उनिहरुलाई जाडो छल्ने न्यानो ओढ्ने कपडा चाहिन्थ्यो, जिन्दगी छ अभाबमा, । बाक्लो कपडा किन्न सक्ने हैसियत सबैको कहाँ हुन्छ र? सरकारले दिने बृद्द भत्ता दुई चार हजार न हो, त्यतीले मात्रै सबै आबश्यक्ता पुर्ति गर्न पनि मुस्किल नै हुँदो हो ।

बिपन्न थिए त्यसैले ओड्ने कपडाको आशमा थिए लमही नगरपालिका वडा नम्बर ७ का जेष्ठ नागरिकहरु। तिनै जेष्ठ नागरिकहरुलाई दाङको लमही नगरपालिका वडा नम्बर ७ को वडा कार्यालयले बिहीबार न्यानो ब्ल्याङ्केट बितरण गर्दै सम्मान गरेको छ । सम्मान ग्रहण गर्दै बनघुस्री निवासी सदावती चौधरीले यो जाडोमा ब्ल्याङ्केट दिएर वडाले ठूलो गुण लगाएको भन्दै खुसी ब्यक्त गरिन । समय अनुसार चिसो छल्न ब्ल्याङ्केट पाईयो, अहिले अति आबस्यक पनि थियो, यो भन्दा खुसीअरु के हुन सक्ला चौधरीले भनिन ।

त्यस्तै कार्यक्रममा बोल्दै वडाध्यक्ष मोहन गिरीले छोराछोरीलाई आमाबुवाको महत्वको आभाष दिलाउने गरी न्यानो ब्ल्याङ्केटले सम्मान गरिएको बताए । वडा अन्तरगतका सम्पुर्ण जेष्ठ नागरिक र एकल महिलालाई एकैचोटी सम्मान गर्ने योजना थियो। तर कोरोना सँक्रमण बढ्दै गईरहेको प्रस्थितीमा भिडभाड गर्नु जायज नरहेको वडाध्यक्ष गिरीको भनाई छ । “सँक्रमण बढेको छ, यस्तो अबस्थामा भिडभाड उचित हुदैन, यसो भन्दा पाउने चिज नपाउने त हैन अध्यक्ष गिरीले भने-हामीले क्रमश सबैलाई सम्मान स्वरुप न्यानो ब्ल्याङ्केट उपलब्ध गराउछौँ, वडाका एकल महिला र जेष्ठ नागरिक गरि २ सय ९७ जनालाई बितरण गर्नेर्छौ ।”

पछिल्लो समय कोरोना सँक्रमण फैलीरहेकोले टोल-टोल बिभाजन गरि न्यानो ब्ल्याङ्केट बितरण गर्नु परेको वडा कार्यालयले जनाएको छ । सबैलाई एउटै प्राङ्गणमा उपस्थित गराएर सबैको दुख सुख साट्दै सम्मान गर्ने योजना रहेपनि समय र प्रस्थितीका बाबजुद त्यसो गर्न नसकिएको प्रती वडा अध्यक्ष गिरीले चिन्ता ब्यक्त गरे ।

बिहीवार पहिलो दिन बनघुस्री टोल बिकास सँस्था अन्तरगतका जेष्ठ तथा एकल महिलालाई बितरण गरि सकिएको छ भने अन्य टोलकालाई क्रमश बितरण गरिने छ । २ सय ९७ मध्य १ सय ४६ जना जेष्ठ नागरिक र १ सय ५१ जना एकल महिलालाई न्यानो ब्ल्याङ्केटले सम्मान गरिने छ ।

आर्थिक बर्ष २०७८/०७९ को ७ लाख रुपैयाको लागतमा वडाका सम्पुर्ण जेष्ठ नागरिक र एकल महिलाहरुलाई न्यानो ब्ल्याङ्केटले सम्मान गरिएको हो ।

वडाध्यक्ष मोहन गिरीको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा वडा सदस्य राधा केसीले स्वागत मन्तब्य ब्यक्त गरेकि थिईन । कार्यक्रमको सहजिकरण वडा सचिब शेर बहादुर चौधरीले गरेका हुन् ।

लमही वडा नम्बर ७ मा गरिएको यो सम्मान कुनै नौलो हैन । वडामा जनप्रतिनिधी आईसकेपछी कहिले नगद, फाईबर सिरक, प्रमाण पत्र र दोसल्ला, न्यानो ब्ल्याङ्केट लगायतले बिगतदेखी नै सम्मान गर्दै आईरहेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]