आन्तरिक तथा बाहृय पर्यटकको लागी अर्घाखाँचीको छत्रदेव गाउँपालिका–२ स्थित ऐतिहासिक बल्कोट पौवा, एक महत्वपुर्ण गन्तव्य हाे । यहा आन्तरिक तथा बाहृय पर्यटकहरुको आवागमन भईरहन्छ। तत्कालिन राणा शासक जंगवहादुर राणाकाे अर्घाखाँचीकै मथुरामा जन्म भई यसै पाैवामा ल्याई न्वारान गरिएकाे ईतिहाँसमा उल्लेख छ । उक्त पाैवा वि.सं. १९०४ मा तात्कालिन कर्नेल सदनसिंह टण्डनलाई दरबार निर्माणकाे लागी खटाएका थिए। स्थानियका अनुसार उनै टण्डनको अगुवाईमा एकदशक लगाएर दरबार निर्माण गरिएकाे बताईन्छ । जंगबहादुर स्वयंले आफू जन्मिएको लाम्पाटीमा पौवा तथा बगैँचा र न्वारन भएको ठाउँ बल्कोटमा विचित्रको पौवा निर्माणका लागि कर्णेल सनदसिंहलाई पठाएका थिए । पौवाभित्र बैठक कक्षसमेत छ ।नेपाली राजनीतिमा जंगबहादुरको चर्चा हुन्छ। इतिहासको खलपात्रका रूपमा उभ्याइएका थिए उनि। राणाले प्रधानमन्त्री भएपछि आफु जन्मेको ठाउ“लाई दरबारै बनाएको बताईन्छ । यो दरवार बिक्रम सम्बत १९० ४ सालमा निर्माण गर्न सुरु गरिएको थियो। यद्धपी यहा खाली जग्गा पनि छ। यहाँ राजनीतिक भेटघाट तथा कार्यक्रमहरु समेत हुदै आएका छन ।कलात्मक रूपमा निर्माण गरिएको बीसखुट्टे दरवार नेपालमै नौलो मानिन्छ । राणाशासन रहदासम्म रेखदेर र संरक्षण पाएपनी त्यसपछि बेसारिसे जस्तै बन्दै गएको यो दरवारको संरक्षणको प्रयास समेत थालिएको छ। आकर्षक एवंम कलात्मक शैलिमा निर्माण गरिएकाे उक्त पाैवा परिसरमा शिवालय लगायत अन्य मठ मन्दिरहरु पनि छन् । हिजोआज ऐतिहासिक उक्त पाैवाकाे पुनर्निर्माण तथा रङ राेगन गरि चिटिक्क पारिएकाे छ । श्री परशुरामेस्वर मन्दिर सञ्चालक समिति बलकोट पौवाले यहाँ आई पाैवाकाे अवलाेकन गरि जिल्लाकाे पर्यटन प्रवर्दनमा सहयाेग पुर्याउन सबैसँग आग्रह गरेकाे छ ।
नाम कसरी रहयो त जंग बहादुर?
जंगबहादुरको बुवा बालनरसिंह राणा आर्मी अफिसर थिए । उनी बारुदखाना प्यूठानको प्रमुख थिए । १८६० को दशकमा जुम्लाको सिंजा प्रान्तमा गुठीको जग्गाले विवाद बढायो । विवाद बढेपछि गुठीको विवाद समाधान गर्न बालनरसिंहलाई १८६९ मा जुम्ला खटाइयो । जुम्लामा उनी श्रीमतीलाइ लिएर गएका थिए । जुम्लामै रहँदा श्रीमती गर्भवती भइन । त्यो समयमा गर्भवती हुँदा माइती जाने प्रचलन थियो । उनी तत्कालीन प्रधानमन्त्री भिमसेन थापाकी बहिनी थिइन् । जुम्लाबाट माइती गोर्खा जाने क्रममा अर्घाखाँचीको वांगलामा रहेका लामपाटी अर्थात मथुरामा १८७४ सालमा उनले ७ महिनामा बच्चा जन्माइन् । जंगबहादुर ७ महिनामा जन्मिएका थिए । त्यसबेला लामपाटीमा घनाघोर जंगल थियो । नजिकैका पाण्डे थरका कृषकहरुले उनको स्याहारसुसार गरेको र पछि बल्कोटको पौवा रहेको स्थानमा लगि सुत्केरी र बच्चालाइ राखेका थिए । त्यहाँ स्थानीय खनाल थरका ब्राह्मणहरुले न्वारन गराएर त्यो बालकको नाम वीरनरसिंह राखेको यदाकदा बताईन्छ । सुत्केरी दरिली भएपछि उनी माइती गोर्खा गएकी थिइन । पछि वीरनर सिंह जंगे स्वभावको भएको हुनाले उनको नाम जंगबहादुर रहेको थियो भनेर इतिहासका पुस्तकहरुमा पढ्न पाईन्छ । जंगबहादुरको जन्म कतिले गोर्खामा र कतिले काठमाडौंको थापाथलीमा भएको भन्ने गरेका छन् । उनी लाम्पाटीमा जन्मिएका थिए । त्यसैले जन्मको बारेमा एउटै ठाउँ कसैले भन्न नसकेको इतिहासकारहरुको भनाई रहेको छ ।