शिबराज पन्थी/गढवा आइतबार, फाल्गुण १५, २०७८

दाङ । देउखुरी सामुदायिक पुस्तकालय तथा स्रोतकेन्द्र गढवाले शनिवार देउखुरीको गढवा–६ मनिकापुरमा जेष्ठ नागरिकहरुका लागि एक दिने निःशुल्क आँखा स्वास्थ्य शिविर संचालन गरेको छ । रिड नेपालको नेपालमा अपांगता समावेशी बिपद जोखिम न्यूनीकरण प्रबर्धन परियोजना अन्तर्गत यो कार्यक्रमको आयोजना गरिएको हो ।

पुस्तकालय तथा स्रोत केन्द्रका अध्यक्ष गिरिराज भट्टको अध्यक्षतामा भएको कार्यक्रमलाई गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले उद्घाटन गर्नुभएको हो । नेपाल नेत्रज्योति संघ लमही आँखा अस्पताल,चेतनशिल महिला समाज केन्द्र र अपांग मानव अधिकार एवं सरोकार मञ्च दाङले उक्त कार्यक्रमलाई सहयोग,समन्वय र सहकार्य गरेका थिए । कार्यक्रममा बोल्दै गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले स्वास्थ्यको क्षेत्रमा पहुँच नपुगेका बस्तिहरुमा राखिएको आँखा शिवीर बिपन्न सिमान्तकृत नागरिकहरुका लागि उपयोगी बन्ने बताउनुभयो ।

कार्यक्रममा गढवा गाउँपालिका वडानं. ६ का वडा अध्यक्ष बालचन्द्र ठकूरी हमालले दुर्गम भूगोलका बिपन्न जेष्ठ नागरिकहरुको स्वास्थ्यमा पहुँच बढाउन यो कार्यक्रम आयोजना गरिएको बताउँदै वडा कार्यालयको तर्फबाट रिड नेपाल र पुस्तकालय लाई धन्यवाद दिनुभयो । सो अवसरमा लगानी साझेदार संस्था चेतनशिल महिला समाज केन्द्रका अध्यक्ष सकुन्तला डिसीले आँखा मानव स्वास्थ्यका लागि महत्वपुर्ण अंग भएको बताउदै बर्षमा पटक पटक आँखा चेक गराउनुपर्ने औंल्याउनुभयो । कार्यक्रममा रिड नेपालका परियोजना प्रबन्धक कविराम बाँठा तथा लमही आँखा अस्पतालका नेत्र बिशेषज्ञ मदन चौधरी लगायतले शिविरको महत्व र औचित्यका बारेमा बोल्नु भएको थियो ।

त्यस्तै उक्त शिविरमा १ सय ८१ जनाको आँखा जाँच गरिएको थियो । शिविरबाट आयोजकको समन्वयमा ३३ जना जेष्ठ नागरिकको निःशुल्क मोतियाबिन्दुको अपरेसन गरिने भएको छ भने ३९ जना लाई चस्म प्रदान गरिएको पुस्तकालयका अध्यक्ष गिरिराज भट्टले जानकारी दिनुभयो । पुस्तकालयका उपाध्यक्ष पुरन प्रसाद चौधरीको स्वागत मन्तब्यबाट सुरु भएको शिविर उद्घाटन कार्यक्रमको संचालन सचिव शिबराज पन्थीले गर्नुभएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]