Sidha Patra सोमबार, चैत्र ०७, २०७८

दाङ । मदन भण्डारी राजमार्ग अन्र्तगतको घोराही बंगलाचुली अवरुद्ध सडकखण्डमा आजदेखि टिप्पर संचालनमा आउने सहमति भएपनि संचालनमा आउन सकेको छैनन् । उक्त सडक कालोपत्रे नहुँदासम्म बाटो अवरुद्ध राख्ने स्थानीयले बताएका छन् ।

गत मंगलबार प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको अध्यक्षतामा सरोकारवालाहरुसंग बैठक बसी विगत लामो समयदेखि अवरुद्ध रहेको सडक आजदेखि संचालनमा आउने सहमति भएको थियो ।

बैठकले मदन भण्डारी मार्गदेखि चुनढुंगा खानीसम्म जोड्ने ४ किलोमिटर पंहुच मार्ग सिमेन्ट उद्योगले फुटपाथ सहित कालो पत्रे छिटो भन्दा छिटो सम्पन्न गर्नु पर्ने, बंगलाचुली गाउँपालिकाले सिफारिस गरेको आधारमा घोराही(बंगलचुली सडकका अत्यावश्यक स्थान मध्य बढीमा ६०० किलोमिटर कालोपत्रे गर्नुपर्ने र सिमेन्ट उद्योगहरुले धुलो नियन्त्रणका लागि अन्य आवश्यक उपायहरु अवलम्बन गर्ने लगायतका निर्णय गरेको छ ।

घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरी, बंगलाचुली गाउँपालिका प्रमुख भक्त बहादुर वली लगायतका सरोकारवालाहरुको उपस्थिती गत मंगलबार बैठक बसेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]