Sidha Patra आइतबार, चैत्र २०, २०७८

दाङ । दाङको घोराहीलाई यही चैत्र २३ गते बालमैत्री उपमहानगरपालिका घोषणा गरिने भएको छ ।

घोराही उपमहानगरपालिकाले आईतबार कार्यालयमा पत्रकार सम्मेलन गरि चैत्र २३ गते पुरानो बसपार्क स्थित बहुउदेश्यीय सभागृहमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीको प्रमुख आतिथ्यतामा घोराहीलाई बालमैत्री उपमहानगरपालिका घोषणा गर्ने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा नगर प्रमुख नरुलाल चौधरीले लामो मेहनत र प्रयासपछि घोराही उपमहानगरपालिकालाई बालमैत्री घोषणाको अन्तिम तयारीमा आइपुगेका जानकारी दिनुभयो ।

बालअधिकार महासन्धी १९८९, नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, बालवालिका सम्बन्धी ऐन २०७५, बालश्रम निषेध र नियमित गर्ने ऐन २०५६, बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति र कार्यान्वयन कार्यबिधि २०६८ र बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ मा भएको व्यवस्था बमोजिम घोराही उपमहानगरपालिकालाई देशकै पहिलो बालमैत्री उपमहानगरपालिका घोषणा गर्न थालिएको उहाँको भनाई छ । यो गौरवपूर्ण कामले घोराही उपमहानगर र नगरवासीको शिर उचो बनाएको समेत उहाँले बताउनुभयो । उपमहानगरपालिकालाई बालमैत्री घोषण गर्ने सम्पूर्ण प्रक्रिया पूरा गरी आबश्यक दस्तावेजसहित अनुगमनका लागि जिल्ला समन्वय समितिमा पेश गरिएको थियो ।

जिल्ला समन्वय समितिको अनुगमन प्रतिवदेनका आधारमा प्रदेश सरकारबाट समेत अनुगमन गरी बालमैत्रीका ५१ वटा सूचकहरु पूरा भएको पाइएपछि लुम्विनी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको २०७८ चैत ९ गतेको निर्णय अनुसार घोराही उपमहानगरपालिकालाई बालमैत्री स्थानीय तह घोषणा गर्न अनुमति प्राप्त भएको उहाँले जानकारी दिनुभयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]