दाङ । दाङको बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेल र उपाध्यक्ष सावित्रा विश्वकर्माले आफुले प्रयोग गर्दै आएको सरकारी गाडी गाउँपालिकालाई फिर्ता गर्नुभएको छ ।
अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएपछी आफुहरुले प्रयोग गर्दै आएको सरकारी गाडीको साचो आज गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिष्मकुमार मल्ललाई हस्तान्तरण गर्नुचएको हो ।
सरकारले आगामी वैशाख ३० गते स्थानीय निर्वाचनको मिति घोषणा गरेको छ । निर्वाचन आचारसंहिता समेत लागू भएपछी आफुहरुले सरकारी गाडि फिर्ता गरेको उहाँहरुको भनाई रहेको छ ।
यसैबिच बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले पनि आफुले प्रयोग गर्दै आएको सरकारी गाडी हिजो गाउँपालिकालाई फिर्ता गर्नुभएको छ ।