साम्यवादी बिचारक हरु आफ्नै उच्च संस्कृति अनि स्वभाव । शोषण गर्ने,भ्रष्ट,दलाल र देशद्रोही प्रती हुँदैन सहानुभूति दिने रवाफ ।
उसले सर्वहारा संस्कृति अङग्गिकार गर्नै पर्दछ । संसारभरि का श्रमजीवी बर्गको मुक्ति नपाउदा सम्म संघर्ष को सारथि बन्नै पर्छ ।
ब्यख्या र विष्लेषण को मात्र भर पर्दैन,ईश्वरिय अलौकिक शक्ति लाई बिस्वास गर्दैन । उसले जाँच्ने कसि ब्यवहार ठानेको छ ।दास युग देखि अहिले को युग लाई वर्गसंघर्षको रूपमा मानेको छ।
त्यहीँ रूपमा समाजलाई गतिशील भएको बुझेको छ। डार्बिन को जीव बिकास को सिद्धान्त लाई ब्यवहारिक भएको स्विकारेको छ । माक्र्स र एंगेल्स द्वारा प्रतिपादित ऐतिहासिक भौतिकवाद । बनेको यो अमुल्य सिद्धान्तबाट जाच्न बुझ्न सक्किन्छ समाजको बिकास ।
मरणशिल र जिवनशिल तत्व बिचमा सधैं अन्तरविरोध रहिरन्छ। जस्ले संघर्ष गरि आफ्नो अस्तित्व कायम राख्छ उ जिवित भैरन्छ ।