सिधा-पत्र (क्राईमबिट) मंगलबार, बैशाख १३, २०७९

काठमाडौं । नेपाल प्रहरीमा प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा प्रक्रिया शुरु भएको छ। चुनावी आचारसंहिता लागेकाले निर्वाचन आयोगले अनुमति दिएसँगै प्रहरी प्रधान कार्यालयले बढुवा प्रक्रिया अघि बढाएको हो।

नेपाल प्रहरीमा हाल एसएसपी पदमा १२ सिट खाली छ। खाली सिटमा बढुवा गर्नका लागि निर्वाचन आयोगले गृह मन्त्रालयलाई अनुमति दिइसकेको गृह स्रोतले जनायो। निर्वाचन आचारसंहिताका कारण गृह मन्त्रालयले आयोगसँग रिक्त पदमा बढुवा गर्न अनुमति मागेको थियो। सोही अनुरुप आयोगले मन्त्रालयलाई अनुमति दिएसँगै रिक्त पदको लागि प्रक्रिया अघि बढेको हो।

यस्तै १२ सिटको लागि तीव्र प्रतिस्पर्धा हुने देखिन्छ। २०५१ चैतमा प्रहरी सेवामा प्रवेश गर्ने टोलीबाट प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज बिष्ट पनि बढुवाको प्रतिस्पर्धामा छन। उनी निर्मला पन्त प्रकरणमा निलम्बनमा परेर मुद्दा खेपेका प्रहरी अधिकृत हुन्। कञ्चनपुरमा हत्या गरिएकी पन्त प्रकरणमा निलम्बन परेर मुद्दा खेपेका एसपी विष्ट बरियता सूचीको पहिलो नम्बरमा छन्। पन्त बलात्कार तथा हत्याकाण्डमा तानिएका बिष्टमाथि लागेको निलम्बन फुकुवा भइसकेको छ। त्यसैले उनको प्रबल सम्भावना रहेको बताइन्छ।

त्यस्तै २०५३ पुसमा राष्ट्रिय अनुसन्धान विभागको इन्स्पेक्टरमा भर्ना भएको टोली समेत प्रतिस्पर्धामा रहेका छन्। उक्त टोलीबाट एसपी सिद्धिबिक्रम शाह बढुवाको दुई नम्बर बरियतामा छन्। तर,उनी उनी रौतहटका पत्रकारलाई लागूऔषधको नक्कली कारोबारमा फसाएपछि चर्को विवादमा परेर हेडक्वार्टर तानिएका अधिकृत हुन्। उनी अहिले पनि एक नम्बरमा एसएसपीमा बढुवा हुनुपर्ने भन्दै साम, दाम र दण्डभेदको नीतिमा अघि बढेका छन्।

अहिले उनी ललितपुर जिप्रकामा कार्यरत छन्। रौतहट काण्डमा गठित छानबिन समितिले शाहले पत्रकार फसाउन खोजेको रिपोर्ट दिएकाले उनलाई बढुवा हुन त्यति सहज नभएको अर्काथरिको बुझाइ छ। कारवाहीको सिफारिस गरिएका व्यक्तिलाई बढुवा गरिँदा नियम, कानुनको धज्जी उड्ने भन्दै सम्बन्धित अधिकारीहरुले प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयलाई जानकारी गराएको स्रोतले बतायो।

त्यस्तै राष्ट्रिय अनुसन्धानबाटै आएका सुशीलसिंह राठौर बढुवाको तेस्रो नम्बर बरियतामा छन्। उनी प्रहरी संगठनभित्र विवादरहित प्रहरी अधिकृत हुन्। आफ्नो ब्याचबाट प्रहरी नायब उपरीक्षक (डिएसपी) मा बढुवा हुँदा उनी एक नम्बरमा बढुवा भएका थिए। उनी काबिल प्रहरी अफिसरको रुपमा चिनिन्छन्।

एसपी राठौरले जिल्ला प्रहरी कार्यालय चितवन र जिल्ला प्रहरी कार्यालय मकवानपुरको सफल कमाण्ड गरिसकेका छन्। हाल उनले बागमती प्रदेश टाफिक प्रहरी कार्यालयको कमाण्ड सम्हालिरहेका छन्।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]