पर्सा । स्थानीय सरकारको आगमनपश्चान वीरगञ्ज शहर कायापलट भएको आशा गरेका थिए । तर लामो समयपछि पुनः वीरगञ्ज फर्किदा उनीहरुको आशा निराशामा परिणत भएको छ ।
मधेश आन्दोलनको रापमा मधेशवादी दलले नै विजयी हाँसिल गरेको वीरगञ्ज महानगरपालिकामा मधेशको विकास र मधेशी समुदायको जिवनस्तरमा सुधार हुनेमा आशाबादी जनता अर्को निर्वाचन नजिकिएसँगै निराश बनेका हुन् ।
जनता निराश हुनु पनि स्वभाविक नै हो, संघीयतापश्चात घरघरमा सिँहदरबारको नारा लगाएसँगै थुप्रै झुठा आश्वासन बाँडेका जनप्रतिनीधिले जितेपछि जनतामा कर लाद्ने र आफ्ना आसेपासेलाई नियुक्ती दिन बाहेकका कुनै काम नगरेपछि सन्तुष्ट हुने कुनै कारण पनि छैन ।
वीरगञ्ज महानगरपालिकाभित्रको कुरा गर्ने हो भने वीरगञ्जमा एसियाली विकास बैंकको अनुदानमा बनेका केही सडकबाहेकका परिवर्तन देखिदैनन् । टोलटोलमा बनेका पीच सडक पनि शहरी विकास कार्यालयले बनाई दिएको हो । सडक बन्दा आउने समस्या समाधानका लागि समेत महानगरपालिकाले कुनै सहयोग नगरेको त्यहाँका कर्मचारी बताउँछन् । विगतदेखि नै खेल्दै आएको नारायणी रंगशाला, आदर्शनगर रंगशाला पनि व्यवस्थित र अत्याधुनिक सहितको भयो होला भन्ने कल्पना पनि कल्पनामै सिमित रह्यो । व्यवस्थित हुनुपर्नेमा दुवै रङ्गशालाको अवस्था उल्टै जीर्ण बन्दै गइरहेको छ ।
घडिअर्वा पोखरीको सौन्दर्यकरण, अन्य पार्कहरु निर्माण, वृक्षरोपणले हराभरा भएको होला भन्ने सपना पनि विपनामा रुपान्तरण हुन सकेन । अँझै भएका खुला ठाउँमा पनि प्लटिंग गरिएको दृश्यले अब स्वच्छ र हराभरा वीरगञ्जको परिकल्पना यथार्थमा हेर्ने सपना सपनामै सिमित हुनेमा नगरबासी चिन्तीत देखिन्छन् । पूरानो बस पार्कलाई एउटा सुन्दर पार्क बनाउन सकिन्थ्यो तर यहाँका निर्वाचित मेयर विजयकुमार सरावगीले त्यसलाई कंक्रिटीकरण गरेर गाडी पार्किङ्ग गर्ने ठाउँ बनाइदिए । अब महानगरको मूख्य बजार क्षेत्रमा खुला ठाउँ नै छैन । यात्रा-डेलिबाट