दाङ । नेपाल रेडक्रस सोसाइटी दाङ शाखाले देउखुरीको राजपुर गाउँपालिकामा कोभिड-१९ पुर्व तयारी तथा प्रतिकार्य संचालन परियोजना सम्बन्धि वडा स्तरीय स्वयंसेवक हरुका लागि अभिमुखिकरण कार्यक्रम सोमबार राजपुर गाउँपालिका वडा नम्बर २ बेलामा सम्पन्न गरेको छ ।
दुलैया उपशाखाका सभापति राजकुमार यादवको अध्यक्षता तथा राजपुर गाउँपालिका वडा नम्बर २ का कार्यबाहक अध्यक्ष अर्जुन जिसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा गाउँपालिका भित्रका स्वयंसेवकहरुलाई स्थानीय समुदायमा माइकिङ,स्थानीय समुहहरुमा अन्तरक्रीया,खोप कभरेज सम्बन्धि तथ्यांक संकलन लगायतको विषय बस्तुमा रेडक्रस दाङ शाखाका कोभिड-फोकलप्रशन सुशील न्यौपानेले प्रशिक्षण दिनु भएको थियो ।
नेपाल रेडक्रस सोसाइटी दाङ शाखाका मन्त्री प्रकाश श्रीबन्दको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रममा राजपुर-२ का वडा सचिव दुर्गा यादवले कार्यक्रमको सफलताको शुभकामना दिनु भएको थियो । त्यस्तै उक्त कार्यक्रममा सामाजिक परिचालक लक्ष्मण निरौला,वडा नम्बर २ का वडा सदस्य शान्ता नेपाली लगायतको सहभागी रहेको कार्यक्रममा रेडक्रस कार्यक्रमका फिल्ड अधिकृत देवीप्रसाद प्याकुरेलले कार्यक्रमको संचालन गर्नु भएको थियो ।