Sidha Patra शुक्रबार, जेठ १३, २०७९

दाङ । नेपाल रेडक्रस सोसाइटी दाङ शाखाले राजपुरमा एक दिने अभिमुखिकरण तथा समन्वयत्मक कार्यशाला सम्पन्न गरेको छ ।

IFRC को आर्थिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी दाङ जिल्ला शाखाद्वारा संचालित कोभिड-१९ पुर्व तयारी तथा प्रतिकार्य संचालन परियोजना अन्तरगत सोसाइटीले बिहीबार राजपुर गाउँपालिका वडा नम्बर १ देखि ५ नम्बर वडा सम्म वडा स्तरमा सो कार्यशाला सम्पन्न गरेको हो ।

राजपुर गाउँपालिकाको समन्वयमा गाउँपालिकामा बसोबास गर्ने सम्पूर्ण व्यक्तिहरुलाई कोभिड-१९ विरुद्ध खोप प्रदान गर्ने प्रमुख उदेश्यका साथ सो अभिमुखिकरण कार्यशाला गरिएको नेपाल रेडक्रस सोसाइटी दाङ शाखाका फोकल पर्सन सुशील न्यौपाने बताउनु भयो ।

त्यसैगरी उक्त अभिमुखिकरण कार्यशालामा वडा अध्यक्ष, स्वास्थ्य इकाई प्रमुख,महिला स्वास्थ्य स्वयंसेविका,आमा समुह, विद्यालयका प्रअ,शिक्षक नायक,प्रहरी,स्थानीय युवा क्लबका प्रमुख,स्थानीय समाजसेवी लगायतको उपस्थिति रहेकोे थियो ।

यस्तै सोसाइटीले शुक्रबार वडा नम्बर ७ मा अभिमुखिकर्ण कार्यशाला गर्ने र वडा नम्बर ६ मा समय मिलाएर छिट्टै गर्ने जनाएको छ । यस अघि सोसाइटीले पालिका स्तरमा सो कार्यशाला गरेको थियो भने अहिले वडा स्तरमा गरिरहेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]