
Ksb
jsb
Gsb
Rks
Ksb
Fmb
Tgp
Nsb
Ksb
Rsb
Ssb
Ppu
Usb
Csb
Ssb
Bsn

Usb
Gsb
Hl1
Tsb
Ssb

ptl
Nps
Rgu
दाङ। यस बर्ष दाङमा एक सय ६० हेक्टर क्षेत्रफलमा विभिन्न खाले बिरुवा रोपिएको छ। डिभिजन वन कार्यालय दाङका अनुसार घोराही,तुलसीपुर, बंगलाचुली, बबई,शान्तिनगर र दंगिशरण पालिकाको विभिन्न स्थानका एक सय ६० हेक्टर क्षेत्रफलमा विरुवा रोपिएको हो ।उक्त क्षेत्रमा वन जन्य विरुवा, फलफूल र जडिवुटी गरी ४ लाख विरुवा रोपने लक्ष्य लिएको डिभिजनल प्रमुख दीपक ज्ञवालीले जानकारी दिनुभएको छ । वन जन्य बिरुवा सवा दुईलाख,फलफुल जन्य ७५ हजार र जडिबुटीका एक लाख विरुवा रोपिएको छ ।
यसैविच वन कार्यालयले २० बढी स्थानमा करिब एक सय हेक्टर वगरमा बृक्षारोपण गरिएको छ । नदी तथा खोल किनारका बगरलाई वन बनाउने उदेश्यले विभिन्न खाले बिरुवाहरु रोपिएको डिभिजनल प्रमुख ज्ञवालीले जानकारी दिनुभयो । वन कार्यालयले यस बर्ष टीमू्रका झण्डै एक लाख बिरुवा वितरण गरेको छ । त्यस्तै मालगेडी र डालचिनी व्यवसायीकरुपमा उत्पदान गर्ने उदेश्यले रोपण गरिएको वन कार्यालयको भनाई छ ।
