सिधा-पत्र/क्राईमबिट शनिबार, जेठ २८, २०७९

काठमाडौं । प्रहरी महानिरीक्षक आईजीपी धिरज प्रताप सिंहले नेपाल प्रहरी अस्पताल महाराजगञ्जको निरीक्षण गरी सेवा प्रभावकारी बनाउन कार्यरत प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् ।

उनले नेपाल प्रहरी अस्पतालको श्रीवृद्धिका लागि सबै प्रहरी कर्मचारीले सामूहिक भावना विकास गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए । सिंहले नेपाल प्रहरी अस्पताल महाराजगञ्जको शुक्रबार निरीक्षण गर्नुभएको छ । निरीक्षणको क्रममा उहाँले अस्पतालस्थित अक्सिजन प्लान्ट, पूर्व प्रहरी अधिकृत प्रतिक्षालय,फिजियो थेरापी विभाग, क्लिनिकल प्रयोगशाला,अपरेशन थिएटर,आईसीयू, सीसीयू,विभिन्न वार्डहरू लगायत विभिन्न यूनिटहरूको अवलोकन गर्नुभयो ।

निरीक्षण पश्चात अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी लगायतका प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक सिंहले हरेक प्रहरी कर्मचारीको शारीरिक तथा मानसिक स्वास्थ्य उसको कार्य सम्पदान गर्ने सामर्थ्य र मनोबलसँग जोडिने भएकोले संगठनात्मक लक्ष्य प्राप्तिका लागि बिरामी जाँच र उपचारमा अस्पताल प्रशासन तथा कार्यरत कर्मचारीहरू संवेदनशील हुनुपर्ने बताउनुभयो । साथै उहाँले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने सवालमा अस्पतालले दर्जागत विभेद विना समानता कायम गरी असल व्यवहार, उचित परामर्श, सहानुभूतिपूर्णउपचारको माध्यमबाट सेवामा सबैको सरल र सहज पहुँच हुने वातावरणको सुनिच्चितता गर्नुपर्ने उल्लेख गर्नुभयो ।

प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरी अस्पताल प्रहरी संगठनको एक अत्यन्त महत्वपूर्ण अंग भएकोले यसको गरिमा र साखलाई कायम राख्न सौहार्दता र हार्दिकता कायम राख्दै आ-आफ्नो जिम्मेवारीप्रति कर्तव्यनिष्ठ भएर काम गर्न निर्देशन दिनुभयो । विश्वमा भएका प्रविधिजन्य परिवर्तनलाई अंगालेर अस्पतालको स्तरोन्नति गर्ने, कार्यरत कर्मचारीको वृत्ति विकास गर्ने लगायतका विषयमा संगठन सदैव सकारात्मक रहेको र त्यसको लागि आवश्यक सहयोग गर्न आफू सदैव तत्पर रहेको उहाँले बताउनुभयो ।

प्रहरी महानिरीक्षक सिंहले विभिन्न आरोह अवरोह, समस्या र कठिनाईहरूको सामना गर्दै विगत करिब ४० वर्षदेखि निरन्तर रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको अस्पतालले कोभिड-१९ को संक्रमण नियन्त्रणमा निर्वाह गरेको भूमिका सराहनीय रहेको चर्चा गर्नुहुँदै औषधिको गुणस्तर, पारदर्शी सेवा प्रवाहको साथै कमि कमजोरीमा सुधार गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो ।विद्यमान सेवाहरूलाई व्यवस्थित र प्रभावकारी बनाउन तथा अस्पतालको दीर्घकालीन विकासको लागि सुधारका क्षेत्रहरू पहिचान गरी ठोस योजना बनाएर अगाडि बढ्न उहाँले निर्देशन दिनुभयो ।

उक्त अवसरमा अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले धन्यवाद ज्ञापन गर्नुहुँदै संगठन प्रमुखबाट प्राप्त निर्देशनलाई पालना गर्दै काम गर्न प्रतिवद्ध रहेको बताउनुभयो । साथै उहाँले अस्पताललाई समयनाकूल स्रोत र साधन सम्पन्न बनाउँदै स्वास्थ्य क्षेत्रमा आएका नविनतम् प्रविधि र पद्दतिलाई अङ्गिकार गरी स्वस्थ वातावरण तथा विरामीमैत्री सेवा प्रदान गर्न सदैव तत्पर रहेको उल्लेख गर्नुभयो ।

प्राविधिक प्रहरी नायव महानिरीक्षक डा.विजय राम श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त अवसरमा प्राविधिक प्रहरी उपरीक्षक रामेश्वर अधिकारीले अस्पतालले प्रदान गर्दै आएको स्वास्थ्य उपचार गतिविधि सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू,प्रहरी नायव महानिरीक्षकहरू लगायत अस्पतालमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]