दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर २ बेलामा रहेको जनज्योति माध्यमिक विद्यालयका निम्न,टुहुरा तथा जेहेन्दार विद्यार्थीलाई आत्मा निर्भर लघुबित्त बित्तीय संस्थाद्वारा बुधबार एक कार्यक्रमको बीचमा राहत हस्तान्तरण भएको छ ।
विद्यालयका शिक्षक अभिभावक संघका अध्यक्ष गिरराज बस्नेतको अध्यक्षता तथा समाजसेवी एवं बुद्धिजीवी गोपाल ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको राहत वितरण कार्यक्रममा कक्षा एकदेखि दससम्मका ७१ जना विद्यार्थीलाई एउटा झोला र ड्रेसको लागि १,००० रुपैयाँ नगद सहित संस्थाले हस्तान्तरण गरिएको हो ।
उक्त कार्यक्रममा आत्मा निर्भर लघुबित्त बित्तीय संस्था दाङका कार्यकारी निर्देशक सौगत चौधरीले आफ्नो संस्थाद्वारा विभिन्न विद्यालयहरुमा पुगेर निम्न स्तर,टुहुरा र जेहेन्दार बालबालिकालाई राहत वितरण गर्दै आएको बताउनु भयो । त्यस्तै उहाँले आगामी दिनमा यसैगरी निरन्तर विद्यालयसंग समन्वय गरेर राहतका कार्यक्रमहरु उपलब्ध गराइराख्ने प्रतिबद्धता जनाउनु भएको छ ।
विद्यालयका शिक्षक प्रतिनिधि मिनबहादुर चौधरीको स्वागत मन्तव्यबाट संचालन भएको कार्यक्रमको संचालन जनज्योति माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक भानुनाथ योगीले गर्नु भएको थियो ।