Menus

गणेश चौलागाई,काठमाडौं । सोमबार, चैत्र ०३, २०७६

गायक यम बरालको स्वरमा नयाँ गजल गीत ‘हलचल जिन्दगी’मा सार्वजनिक भएको छ। पुष्कर बरालको शब्द रहेको गीतमा गायक स्वयम्ले संगीत भरेका हुन् । संगीत संयोजन फनिन्द्र राईको ।ओएसआर डिजीटल युटुब च्यानलबाट यो गीत बजारमा आएको हो। बिक्की पुलामी मगरले निर्देशन गरेको यो भिडियो भने प्रज्वल पन्तले खिचेका हुन ।
यता यस्तै उता त्यस्तै हलचल जिन्दगीमा,
किन झर्छ आसु यहाँ पल-पल जिन्दगीमा…
यस्तै माया प्रेम, बिछोड, पिडा र मनका बहहरुलाई पुष्करले मार्मिक तरिकाले शब्दमा बुनेका छन् ।यस अघि गायक एम बरालले आवाज भरेको बादलुको घुम्टोले, निष्ठुरीले छाडेर गईहाली, माया बस्यो मुटुमा, मन रहे पो माया प्रिती जस्ता दर्जनौ गीतले दर्शक श्रोताको मन जितेका छन।ताप्लेजुङको दोखुमा जन्मिएका लेखक पुष्कर बराल अमेरीकामा रहेर पनि गीत, गजल सहितका साहित्यमा डेढ दशक देखी निरन्तर क्रीयाशिल छन् । सो गीतको भिडियोमा गीतकार पुष्कर बराल सँगै कृष थापा,पृन्सा र मोडल एबं नायिका केकी अधिकारी देखिन्छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- sidhapatranews@gmail.com

Close