Menus

सागर थापा/सिधा-पत्र क्राइम बिट प्रमुख शुक्रबार, माघ २७, २०७९

बर्दिया । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) टेक प्रसाद राई बर्दिया जिल्लाको निरीक्षणमा निस्कनु भएको छ ।

बर्दिया जिल्लाका संघीय तथा प्रदेशका सांसद, नगरपालिकाका प्रमुख मेयर,गाउँपालिका अध्यक्ष, जिल्ला सुरक्षा समितिका पदाधिकारी, जिल्लामा क्रियाशिल संचारकर्मी,स्थानीय संघ- संस्थाका प्रतिनिधीहरुहरुसंग समसामयीक सुरक्षा चुनौती र समाधानका उपाय सम्बन्धी विषयमा अन्तरक्रिया तथा छलफल कार्यक्रमको लागि डिआईजी राई निरीक्षणमा जानू भएको हो ।

त्यस्तै उक्त निरीक्षण कार्यक्रममा डिआईजी राईसंगै नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा रुपन्देहीका प्रमुख बरिष्ठ प्रहरी उपरीक्षक एसएसपी रेवती ढकाल पनि जानू भएको छ ।

जिल्ला प्रहरी कार्यालय बर्दियाको निरीक्षणको सिलसिलामा कार्यालय तथा मातहत समेतका प्रहरी ईकाई ईन्चार्ज,कार्यरत सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत तथा प्रहरी हवल्दार,प्रहरी जवानहरुलाई आवश्यक शान्ति सुरक्षामा ध्यान दिन डिआईजी राईले निर्देशन दिनु भएको भएको ईलाका प्रहरी कार्यालय राजापुरका प्रहरी प्रमुख डिएसपी प्रकाश सापकोटाले जानकारी दिनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- sidhapatranews@gmail.com

Close