Menus

Sidha Patra आइतबार, माघ २९, २०७९

दाङ । लुम्बिनी प्रदेश सरकारका ७ जना मन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । दाङको राप्ती गाउँपालिका मौरीघाट्मा आयोजित समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले शनिबार नियुक्त भएका मन्त्रीलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको हो ।

पुनर्गठित मन्त्रिपरिषदमा एमालेबाट ३ जना, माओवादी केन्द्रबाट २ जना तथा राप्रपा र जनमत पार्टीबाट एक–एक जना नियुक्त भएका थिए । समारोहमा आर्थिक मामिला मन्त्री जोखबहादुर महरा,भैतिक पूर्वाधार विकास मन्त्री इन्द्रजित थारु, स्वास्थ्य मन्त्री विष्णुप्रसाद पन्थी,वन तथा वातावरण मन्त्री दुर्गाप्रसाद चौधरी,उद्योग,पर्यटन तथा यातायात व्यवस्था मन्त्री जानकीप्रसाद यादव, कृषि तथा भूमि व्यवस्था मन्त्री तुलसीराम शर्मा र सामाजिक विकास मन्त्री चन्द्रकेश गुप्ताले शपथ लिएका हुन् ।

त्यस्तै नव नियुक्त मन्त्रीहरुमा महरा र इन्द्रजित माओवादी केन्द्रका हुन् भने पन्थी, दुर्गाप्रसाद र शर्मा एमालेका हुन् । यस्तै मन्त्री यादव राप्रपाका र गुप्ता जनमत पार्टीका हुन् । सरकारलाई समर्थन गरेको जसपा, नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी भने तत्काल सरकारमा नजाने भएका छन् ।

दिउँसो १ बजे प्रदेश सभा भवन परिसरमा हुने भनिएको कार्यक्रम हावा हुरीले मञ्च र टेन्ट भत्काइदिएपछि दुई घन्टा ढिला भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- sidhapatranews@gmail.com

Close