Menus

Sidha Patra बुधबार, फाल्गुण ०३, २०७९

दाङ । राष्ट्रपति विद्यादेवी भण्डारीले आयुर्वेद पूर्वीय सभ्यताको मात्रै नभई संसारकै साझा सम्पत्ति बनिसकेको बताउनु भएको छ ।बुधबार नेपाल संस्कृत विश्व विद्यालय आयुर्वेद शिक्षण भवनको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । मौलिक स्वास्थ्य पद्धतिका रुपमा रहेका आयुर्वेद,योग, प्रणायम, ज्ञान, प्राकृतिक चिकित्साका साथै समुदायमा पाइने शारिरीक मानसिक एवंम् स्वास्थ्य सम्बन्धि लोप हुन लागेका प्राकृतिक पद्धतिलाई संरक्षण र प्रवद्र्धन गर्नका लागि यस विश्व विद्यायलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नु भयो ।त्यस्तै उहाँले कोरोना महामारी पछि विश्वमा नै प्राकृतिक जिवनशैली एवम् आयुर्वेद प्रतिको विश्वास र आर्कषणमा अझै वृद्धि भएको बताउनु भएको छ । ‘संस्कृत भाषा र साहित्यमा मानिस भित्रको आन्तरिक क्षमतालाई विकसित र प्रकाशित तुल्याउने क्षमता छ, यसबाट जीवन र गजतलाई हेर्ने, विश्लेषण गर्ने,त्यसप्रतिको धारणा निमार्ण गर्न रचनात्मक दृष्टिकोणको विकास हुन्छ भन्ने कुरामा विश्वस्त रहेको छु’-उहाँले भन्नू भयो ।

यस्तै उहाँले संस्कृतसंग केही व्यक्तिगत, भावनात्मक सम्बन्ध रहेको बताउदै जननेता मदन भण्डारी स्वयम् संस्कृत क्षेत्रको उत्पादन भएको स्मरण गर्नु भयो । साथै नेपाली सभ्यताबाट सिजृना भएको ज्ञानलाई अझै विकास गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्न यस विश्व विद्यालयले ठूलो योगदान पुर्‍याउने बताउनु भयो ।

त्यस्तै उहाँले प्राचीन र मध्यकालिन समाजका विविध विषयमा जानकारी दिने हजारौं गहन र दुर्लभ ग्रन्थहरु संस्कृत भाषामा लेखिएको भन्दै संसार भरका अन्वेषकका लागि यी ग्रन्थहरु ज्यादै उपयोगी रहेको उहाँले बताउनु भयो ।हिन्दु मात्रै हैन बौद्ध र जैन साहित्यका प्रस्शत ग्रन्थहरु पनि संस्कृत भाषामा छन् । संस्कृत भाषा र यसको साहित्यका माध्यमले हाम्रा पूर्खाहरुले अमूल्य चिन्तन विवेक रचनात्मक सिजृना र वैचारिक प्रज्ञाको अभिवेदना रहेकोे बताउनु भयो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- sidhapatranews@gmail.com

Close