Menus

सिधा-पत्र(काईमबिट) बिहिबार, फाल्गुण ०४, २०७९

काठमाडौं । नेपाल प्रहरीका डीआईजी तथा सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख अशोक सिंहको शैक्षिक कागजपत्र नक्कली भएको दाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

डीआईजी सिंहले जागिर प्रयोजनका लागि नक्कली शैक्षिक योग्यताको कागजपत्र पेस गरेको उल्लेख गर्दै अख्तियारमा बुधबार उजुरी परेको हो । काठमाडौं बागबजारका विश्वप्रकाश भेटवालले दायर गरेको उजुरीमा सिंहले कलेज पढ्दै नपढी भारतको लखनउबाट आईएको नक्कली शैक्षिक योग्यता प्रमाणपत्र पेस गरेको दाबी गरिएको छ । ‘सिंहले प्रहरी निरीक्षकको नियुक्ति लिँदा पेश गरेको आईएको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली हो । भारतको लखनउमा उनले कलेज पढ्दै नपढी आईएको नक्कली शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरेका थिए ।

त्यस्तै उनले पेस गरेको स्नातकको शैक्षिक योग्यताको प्रमाणपत्र पनि भारतीय नै हो,जुन अहिलेसम्म नेपालमा इक्विभ्यालेन्ट गरिएको छैन । सो सम्बन्धि सम्पूर्ण कागजात प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखा र सम्बन्धित कलेजवाट झिकाइ, भिडाइ छानबिन गर्नुपर्दछ,’ उजुरीमा उल्लेख छ । उजुरीमा डीआईजी सिंहले आफ्नो भाइ नाता पर्ने गृहसचिव विनोद प्रकाश सिंहलाई प्रयोग गरेर एआईजी बढुवाको लागि अस्वाभाविक चलखेल गरिरहेको पनि आरोप लगाइएको छ । प्रहरीको एआईजीको बढुवा कार्यसम्पादन मूल्यांकनद्वारा हुन्छ । बढुवा समितिको अध्यक्ष गृह मन्त्रालयका सचिव हुने व्यवस्था छ । गृहसचिव सिंहले आफै अध्यक्ष रहेको समितिमार्फत आफ्नै दाइ नाता पर्ने डीआईजी सिंहलाई एआईजीमा बढुवा गर्न लागिपरेको र यो कन्फ्लिक्ट अफ इन्ट्रेस्ट हुने उजुरीमा दाबी गरिएको छ ।

‘लोकसेवा आयोग नियमावलीको बढुवा सम्बन्धी परिच्छेद ११ को दफा ७१ मा स्पष्ट रुपमा उल्लेख छ–प्रश्नपत्र निर्माण, प्रश्नपत्र परिमार्जन,उत्तरपुस्तिका परीक्षण, परीक्षा सञ्चालन र अन्तर्वार्ता सम्बन्धी कामसँग संलग्न आयोगका कुनै पदाधिकारी वा कर्मचारीको नजिकको नातेदार आयोगद्वारा सञ्चालन हुने कुनै परीक्षामा उम्मेदवार भएमा सम्बन्धित पदाधिकारी वा कर्मचारीले केन्द्रीय कार्यालयको हकमा आयोगलाई र मातहत कार्यालयको हकमा सम्बन्धित कार्यालय प्रमुखलाई जानकारी दिनु पर्नेछ,’ उजुरीमा उल्लेख छ ।

यस्तै सिंहको नागरिकताको विषयमा पनि उजुरीमा प्रश्न उठाइएको छ । यसबारेमा पर्दाफासले सिंहसँग बुझन् खोज्दा उनले फोन उठाएनन् भने म्यासेजको पनि जवाफ दिएनन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- sidhapatranews@gmail.com

Close