Menus

Sidha Patra बिहिबार, फाल्गुण ०४, २०७९

दाङ । बैंक तथा वित्तीय संस्थाहरुको ज्यादती विरुद्ध नेपाल कम्युनिस्ट पार्टी पश्चिम र पुर्वी दाङ जिल्लाले भाेलि फागुन ५ गते प्रदर्शन गर्ने भएको छ ।

पार्टीको केन्द्रीय नीति अनुसार शुक्रबार दिउँसो तुलसीपुरको बिपि चोक र घोराहीमा प्रदर्शन गर्न लागेको नेकपा पश्चिम दाङका सेक्रेटरी निर्मलले जानकारी दिनु भयो ।

वित्तीय क्षेत्रको चर्को शोषण अन्त्य गर,राष्ट्रिय उद्योगी र व्यापारिलाई राहत दे,मिटर व्याजीलाई कार्बाही गर, लघुवित्त संस्थाको ज्यादती अन्त्य गर, ऋणिहरुको अवस्था छानबिन गर,पीडित जनताको व्याज मिनाहा गर लगायतका नारासहित प्रदर्शन गर्न लागिएको नेकपाले जनाएको छ । ‘एक अङ्कको ब्याजदर लागू गर, दलाल पूंजीवादी ब्यवस्था मुर्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद लगायतका नारासहित प्रदर्शन गरिने नेकपा दाङले जनाएको छ ।

नेकपा पश्चिम दाङले भोलि तुलसीपुरका विभिन्न चोक परिक्रमा गर्दै बिरोध प्रदर्शन बिहान ठिक ११ बजे बिपि चोकमा पुगेर सभामा परिणत हुने बताएको छ । सभालाइ नेकपाका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यस्तै नेकपा पुर्वी दाङले दिउँसो ठिक १ बजे घोराहीमा हुने बिरोध प्रदर्शनमा सहभागिताका लागि बिज्ञप्ति जारी गरेर उद्योग, व्यवसायी, बुद्दिजिवी, नागरिक समाज लघुवित्त पीडितहरु, मिटरव्याजी पीडितहरु, सरोकारवाला सबै जनसमुदायहरुलाइ हार्दिक अपिल गरेको छ । यस्तै देउखुरीको सिसहनियामा पनि बिरोध कार्यक्रम हुने जनाइएको छ ।

त्यस्तै बैंकहरुको चर्को व्याज,सेवा शुल्क र लघुवित्त संस्थाहरुले गरेको शोषण,मिटर व्याज विरुद्धमा नेकपा दाङ लगायत देशभर प्रदर्शन गर्न लागेको हो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- sidhapatranews@gmail.com

Close