आदरणीय सम्पूर्ण मित्रजनमा सल्यान-दाङ,देउखुरी हाल साउदी अरबदेखी म चन्द्र पुनको हार्दिक नमस्कार छ !अहिलेको समयमा नेपाल राष्ट्रको हकमा भन्नू पर्दा भ्रष्टाचार, अपराध, लागुपदार्थ विहिन जस्तो परिस्थितिमा तत्काल सुन्दर, शान्त,समुन्नत समाजको शृजना आजको नागरिकको पहिलो इच्छा र प्रमुख चाहना रहेको छ । अब भने हाल र भविष्यको लागि भावी सरकारको एजेन्डा कस्तो हुनुपर्ला आफुले महसुस गरेर राखेको सुझाव तथा बिचार र धारणा सहितको बुदागतरुपमा निम्न रहेका छन् । कृपया लेख कस्तो लाग्छ, सबै अध्यन गरि कमेन्ट बक्समा सल्लाह सुझाव एवं प्रतिक्रिया दिनु होला । हजुरहरुको एक कमेन्टले मेरो हरेक लेख-रचनामा उर्जा थप्ने छ । !आदरणीय प्यारा सम्पुर्ण मित्रहरु एवं पाठक श्रोता ज्युु मेेरो सरकारलाई सुझाव सहितको एजेन्डा नम्बर १ यस्तो रहेको छ । हाम्रो नेपाल एक कृषिप्रधान देश हो । यस् देशका किसानको लागि चाहना अनुकुल कृषि लगानी र उत्पादनमा सहयोग अनिवार्य गर्ने, २ – भूमी विहिन किसान कर्म गर्न चाहने परिवारलाई खेतीयोग्य जमिनको निशुल्क वयवस्था गर्ने, ३ – देशका यूवाहरुलाई स्वदेशमा सिपमुलक तालीमको निशुल्क शिक्षा र रोजगारको वयवस्था गर्ने, ४ – कुनै पनि माध्यमबाट आर्जन भै स्थिर अवस्थामा रहेको अर्थ रकमको पहिचान गरि देश भित्र ठुला उत्पादन मुलक मेगाइन्ड्ष्ट्रीयल वा हाइड्रोपावर योजनामा लगानिको वयवस्था गर्ने, ५ – हरेक सरकारी योजनामा सर्वसाधारणको लागि शेयर लगानी खुला गर्ने ।
त्यस्तै ६ – हरेक नेपालीको लागि स्वास्थ्य विमा अनिवार्य गर्ने र आयस्रोत अनुकुल विमाशुल्क निर्धारण गर्ने, ७ – प्रत्येक नेपालीको आम्दानी स्रोत खुल्ने गरी व्यक्तिगत र सम्पति विवरण सहितको बिधुतिय अभिलेखिकरण गर्ने, ८ – समाजमा घटने अपराध (छुवाछुत, बलात्कार, चोरी डकैती, अपहरण) न्यूनीकरण गर्न विद्यालय तहको पाठ्यक्रममा नैतिकशिक्षा अनिवार्य गर्ने र मिडियामा यस्को कार्यक्रम अनिवार्य गराउने ।सरकारले यी एजेन्डाहरु तत्काल लागू गरेमा वर्तमान समयको समस्याहरु हट्ने थिए,र सरकारले ल्याएको नयाँ नारा समृद्धि नेपाल,सुखी नेपालको महसुस र अनुभुती नेपाली नागरिकले गर्ने थिए । धन्ययवाद!