Sidha Patra सोमबार, बैशाख ०४, २०८०

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका निजी चालक दिलबहादुर थापाको अहिले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ।

सोमबार विहान ४ बजेतिर भरतपुर-११ स्थित लामिछानेको घरको छतबाट खसेका थापालाई पुरानो मेडिकल कलेज भरतपुरमा भर्ना गरिएको छ।

चितवनका प्रहरी प्रमुख एसपी रामेश्वर कार्कीका अनुसार तीन तलामाथिबाट खसेका थापाको घाँटीको हड्डी भाँचिएको छ। ‘माथिबाट खस्दा घाँटी गमलामा परेछ। भाँचिएको हड्डीको अप्रेशन भएर अहिले भेन्टिलेटरमा राखिएको छ, टाउको पनि बजारिएको छ, अवस्था गम्भीर छ,’ एसपी कार्कीले भने । सोमबार बिहान ४ बजेतिर थापा लामिछानेको घरको तेस्रो तलाबाट खसेका थिए। प्रहरीले यस विषयमा विभिन्न व्यक्तिहरूसँग सोधपुछ पनि गरिरहेको छ।

त्यस्तै थापासँगै रास्वपाका महामन्त्री मुकुल ढकालका ड्राइभर पनि सुतेका थिए। ‘मुकुलका ड्राइभरले घटनाबारे आफूलाई केही जानकारी नभएको बताएका छन्। अरू मानिसले हल्ला गरेपछिमात्र आफू ब्युँझिएको भनेका छन्,’ एसपी कार्कीले भने । ४ बजेतिर थापा खसेपछि आवाज आएको थियो। त्यो आवाज सुनेपछि रविका निजी सुरक्षा गार्ड र प्रहरीले के भयो भनेर हेरेका थिए। प्रहरीले दुई जना ड्राइभर सुतेको कोठामा रक्सीका बोतल पनि फेला पारेको छ।

यस्तै ‘उनीहरूले रक्सी खाएका थिए कि थिएनन् भन्ने परीक्षण गर्न रगतको स्याम्पल निकालेर दिएका छौं,’ एसपी कार्कीले भने। प्रहरीले घटनाबारे अनुसन्धान गर्न कसैलाई नियन्त्रणमा नलिएको भए पनि वरपरका मानिसहरूसँग सोधपुछ गरेको कार्कीले बताए । अहिलेसम्म थापा कसरी खसे भन्ने कारण खुल्न नसकेको उनले बताए।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]