आलोक भावुक/गढवा बिहिबार, बैशाख २१, २०८०

दाङ । गढवा गाउँपालिकाको आर्थिक सहयोग तथा प्राविधिक सहयोग तथा ग्रामीण महिला उत्थान केन्द्र घोराही दाङको आयोजनामा चार दिने हेफर आधारशिला तालिम गढवा गाउँपालिका वडा नम्बर ७ मोतिपुरमा सुरु भएको छ।सरस्वती उद्यमी महिला समूह मोतीपुरकी अध्यक्ष रिता चौधरीको अध्यक्षता तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको प्रमुख आतिथ्य तथा गढवा गाउँपालिका ७ नम्बर वडाध्यक्ष राहुलदेव चौधरीको बिशिस्ट आतिथ्यमा सुरु भएको छ।

चार दिने हेफर आधारशिला तालिमलाई उद्घाटन गर्दै प्रमख अतिथि तथा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले कृषि र पशु क्षेत्रलाई धेरै महत्वपूर्ण कार्यक्रमको रुपमा लिएको बताउनुभयो। तरकारी उत्पादनमा मोतीपुरका सरस्वती महिला उद्यमी समूहले उत्कृष्ट कार्य गर्नेमा आफु आशावादी रहेको बताउदै कृषि र पशुपालनको माध्यमबाट स्वरोजगारको सिर्जना गर्न तथा जनताको आर्थिक विकासमा टेवा पुर्याउन यो चार दिने हेफर आधारशिला तालिमले मुख्य भुमिका खेल्ने बताउनुभयो ।

त्यस्तै अनुदान जति वितरण गरे पनि सोचे जस्तो प्रवाभकारी नभएको भन्दै सबै किसानलाई समेट्ने गरी यो हेफर प्रोजेक्ट संग समन्वय गरेको बताउनु भयो । मोतीपुरका महिला उद्यमी समूहले तरकारी उत्पादनमा जोड दिनु पर्ने बताउदै साथै बजारी करणको समस्या हुन नदिन पालिकाको कृषि एम्बुलेन्सको व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाएको बताउनुभयो।

त्यसैगरी कार्यक्रममा बोल्दै बिशिस्ट अतिथी तथा गढवा गाउँपालिका वडा नम्बर ७का वडाध्यक्ष राहुलदेव चौधरीले मोतीपुरमा तरकारी खेतीमा राम्रो सम्भावना रहेको भन्दै तरकारी उत्पादनमा लाग्न अनुरोध गर्नु भयो । तरकारी खेती समूहगत रूपमा मनग्गे गर्नुस् समस्या परे पालिका अध्यक्ष वडाध्यक्ष लाई भन्नुस् हामि साथ सहयोग गर्न प्रतिबद्ध छौ वडाध्यक्ष चौधरीले भन्नु भयो ।

आर्थिक समृद्धीका लागि साझेदारी कार्यक्रम भोकालाई एक छाक भोजन होईन,जिउने जुक्ति सिकाऔ भन्ने मुल नाराका प्रोजेक्ट सुरु गरिएको छ। गढवा गाउँपालिका,हेफर प्रोजेक्ट नेपालको लागत साझेदारीमा सञ्चालन हुने कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्धमशिलता विकास साझेदारी परियोजना गढवा गाउँपालिकाको ठुलो र गौरवको परियोजना भएको संयाेजक बसन्त कुमार शर्माले जानकारी दिनु भयो ।

यस्तै उदघाटन कार्यक्रममा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल,७ नम्बर वडाध्यक्ष राहुलदेव चौधरी,वडा सदस्यहरु माया राम चौधरी, महेन्द्र प्रसाद चौधरी,परियोजना संयाेजक वसन्त कुमार शर्मा,सामुदायिक सहजकर्ता जया बिश्वकर्मा, इडिएफ संयोजक कैलाश चौधरी लगाएतको उपस्थिति रहेको थियोे । कार्यक्रमको सहजिकरण सामुदायिक सहजकर्ता जया बिश्वकर्माले गर्नु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]