Sidha Patra शुक्रबार, भाद्र ०१, २०८०

प्युठान । सञ्चार तथा सुचना प्रविधिमन्त्री रेखा शर्माले सेवाप्रवाहमा सबै तहका कर्मचारीको समान दायित्व हुने वताउनु भएको छ।

उहाँले राष्ट्रसेवक कर्मचारीले सेवाप्रवाह स्थलमा जनतासंग गर्ने व्यवाहारले नै नागरिकको सरकारप्रतिको वुझाई निर्धारण गर्ने वताउनु भयो। प्यूठानमा जिल्लास्थित कार्यालय प्रमुखहरुसंग छलफल गर्ने क्रममा मन्त्रि शर्माले सरकारको नीतिलाई जनतामाझ कार्यन्वयन गर्ने निकाय कर्मचारी भएकाले सरकारको योजना र कर्मचारीको ईच्छाशक्तिको परिणामले नै सकारात्मक नतिजा दिने वताउनु भयो।

बर्तमान सरकारले शुसासन र नागरिकको सेवाप्रवाहको विषयलाई विशेष प्राथमिकताका साथ अगाडि वढाईरहेको र त्यसको सफलताको निम्ति कर्मचारीको भुमिका महत्वपुर्ण हुने वताउनु भयो । “सम्माननिय प्रधानमन्त्रिज्यूले नेतृत्व गरेर अगाडि वढाईरहनु भएको सुशासनको अभियानले हाईप्रोफाईल हुदैमा कानुन मिच्दा वच्नसक्ने र सर्वसाधारणलाई मात्र कानुन लाग्ने आम बुझाईको अन्त्य भएको छ। यो नै महत्वपुर्ण विषय हो।”

त्यस्तै मन्त्रि शर्माले भन्नुभयो-“सरकारले सेवाप्रवाहलाई चुस्त वनाउदै प्रकृयागत ढिलाई अन्त्य गरेर सहज रुपमा सेवा प्रवाह गर्ने र सुशासन तथा अनियमिततामा शून्य सहनशिलता अपनाउने नीति अवलम्वन गरेको छ। सरकारको नीति र दृढता, राष्ट्रसेवकको ईच्छाशक्ति र जनताको समर्थनले यो उपलव्धि हासिल गर्न सकिन्छ।”

प्रमुख जिल्ला अधिकारी मदन कोईरालाको अध्यक्षतामा भएको कार्यक्रममा लुम्विनी प्रदेशका पुर्व अर्थमन्त्री कृष्णध्वज खड्काको विशेष उपस्थिती रहेको थियो। जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुले कार्यालयको प्रगति, योजना र समस्यावारे व्रिफिङ गरेका थिए। जनशक्ति अभाव, ठेक्का प्रणालिमा ठेकेदारले गर्ने ढिलासुस्ति, वजेट अभाव, समन्वयमा देखिएका समस्याहरु लगायत कार्यालय प्रमुखले राखेका गुनासाहरुको सम्बोधन गर्दै मन्त्री शर्माले सवै तहका कर्मचारीको समान भुमिकाले नै लक्ष्य हासिल गर्न सकिने वताउनु भयो।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]