
Ssb
Fmb
Rsb
Csb
Tgp
Gsb
Ksb
Nsb
Ksb
Rks
Ssb
jsb
Ksb
Bsn
Usb
Ppu

Hl1
Gsb
Usb
Ssb
Tsb

ptl
Nps
Rgu
काठमाडौं । संयुक्त राष्ट्र संघको ७८औँ महासभामा नेपालको नेतृत्व गर्दै न्यूयोर्क आएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नर्वेका प्रधानमन्त्री युनस गार स्टोरेबीच भेट भएको छ।
प्रधानमन्त्री दाहाल र नर्वेका प्रधानमन्त्री युनसबीच राष्ट्र संघको मुख्यालयमा भएको भेटमा द्विपक्षीय सम्बन्ध र बहुपक्षीय सहकार्यका विषयमा महत्त्वपूर्ण छलफल भयो।
त्यस्तै दुई प्रधानमन्त्रीबीच भएको भेटघाटमा परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौडेल र परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साल लगायत सहभागी थिए। प्रधानमन्त्री दाहालले राष्ट्र संघको फोरममा भेटघाट तथा सम्वादलाई निरन्तरता दिइरहेका छन्।
