दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ३ खरदरिया स्थित शंकर माध्यमिक विद्यालय व्यवस्थापन समितिको नयाँ नेतृत्व चयन भएको छ।
शनिबार विद्यालयमा भएको दोस्रो अभिभावक भेलाले दिनानाथ यादव विद्यालय व्यवस्थापन समिति अध्यक्ष सहित अन्य ८ जना पदाधिकारी चयन गरिएको शंकर माध्यमिक विद्यालयले जनाएको छ ।
शिक्षा नियमावली अनुसार शनिबार बसेको अभिभावक भेलाबाट खुल्ला सदस्यमा लिलाराम यादव,महिला सदस्य सिता सँवारी यादव र दलितबाट सुष्मा हरिजन,शिक्षा प्रेमी समाजसेवीकाे तर्फबाट भगवानदिन यादव र तारा वि.क. सर्वसम्मत छनौट भएका हुन्।
विद्यालय व्यवस्थापन समितिमा शिक्षकहरुको बैठकबाट शिक्षक प्रतिनिधि चुनिन बाँकी र वडाप्रतिनिधि रामप्रसाद यादव रहेका छन् भने विद्यालयका प्रधानाध्यापक अशोक प्रसाद यादव सदस्य सचिव रहनु भएकोे छ।
अध्यक्षको जिम्मेवारी बोकेका नवनिर्वाचित अध्यक्ष यादवले विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न कटिबद्ध भएर लागिपर्ने र सबैलाई मिलाएर अघि बढ्ने प्रतिबद्धता जाहेर गर्नु भयो । विद्यालयको अग्रगामी विकासका लागि सबैसँग रायसल्लाह लिई हातेमालो गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै विद्यालय संचालन गर्ने महत्वपूर्ण जिम्मेवारी प्रदान गर्न प्रत्यक्ष अप्रत्यक्ष रुपमा भूमिका खेल्ने सम्पूर्ण अभिभावकहरुलाई धन्यवाद दिनु भएको छ । आफूले पाएको जिम्मवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्ने उहाँले प्रतिबद्धता जाहेर गर्नुभएकाे छ।
वि.सं. २०४४ सालमा स्थापना भएको विद्यालय हाल शिशुदेखि कक्षा १० सम्म संचालनमा रहेकोे छ । विद्यालयमा हाल पाँच सय ६० विद्यार्थी अध्ययनरत रहेका छन् ।