दाङ । लुम्बिनी प्रदेशका स्वाथ्य मन्त्री तथा नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेशका उपसभापति राजु खनालले लोकतन्त्र जोगाउन सञ्चारमाध्यम बलियो हुनुपर्ने बताउनु भएको छ ।
कसैको दबाब र प्रभाबमा नपरी सत्य र तथ्यका आधारमा आम नागरीकलाइ सुशुचित पार्ने काममा महत्वपुर्ण भूमिका संचारकर्मी र संचार माध्यमको भएको पनि उहाँले बताउनु भयो ।
प्रेस युनियन दाङले जनप्रतिनिधी तथा पार्टीका पदाधीकारीसंग गरेको अन्तरक्रियात्मक कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएका स्वास्थ्य मन्त्री खनालले नागरीकका पक्षमा लुम्बिनी प्रदेश सरकार लागि परेको र त्यसमा कमीकमजोरी रहे त्यसको खबरदारी गर्ने काम संचारमाध्यम र संचारकर्मीले गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा बिशिष्ट अतिथि नेपाली काङ्ग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीले पार्टि तथा जनप्रतिनिधीहरुले गरेका राम्रा कामको जनतासम्म प्रचारप्रसार र भएगरेका कमी कमजोरीको खवरदारी संचारकर्मीले गर्नुपर्ने बताउनु भयो । त्यस्तै उहाँले काङ्ग्रेस दाङ जिल्लाले शुभेच्छुक तथा भातृ संगठन र कार्यकर्तासंग प्रत्येक ३ महिनामा अन्तरक्रिया कार्यक्रम संचालन गरिरहेको बताउनु भयो ।
कार्यक्रममा लमही नगरपालिकाका प्रमूख जोगराज चौधरी,उपप्रमुख लक्ष्मी योगी,शान्तिनगर गाँउपालिकाका प्रमूख प्रमोद बस्नेत,दंगिशरण गाँउपालिकाका प्रमुख शम्भु गिरी,बबई गाँउपालिकाका प्रमुख कुलबहादुर खत्री तथा बंगलाचुली गाँउपालिका उप-प्रमुख भक्तबहादुर जिसीले आम नागरीकले तिरेको करमा धेरैको रजाँइ भएको भन्दै त्यसको खबरदारी तथा व्यवस्थापनमा जनप्रतिनिधी तथा संचारकर्मीहरु एक भएर लाग्नु पर्ने बताउनु भएको छ ।
कतिपय स्थानीय तहमा जनप्रतिनिधीका ब्यक्तिगत प्रलोभनमा पर्ने प्रवृत्तिले सबै जनप्रतिनिधीहरुको बदनाम भएको भन्दै राम्रो काम गर्नेको प्रसंशा र नराम्रोको खवरदारी गरेर नागरीकलाई सचेत बनाउन संचारकर्मीहरुलाई आग्रह पनि गर्नु भएको थियो ।
कार्यक्रममा प्रेस युनियन लुम्बिनी प्रदेश अध्यक्ष सुदिप गौतमले कहिँ कतै भएका थोरै गल्ती कमजोरीहरु बाहिर आउँछन कि भन्ने डरका कारण स्थानीय तहहरुले गरेको राम्रा कामहरुपनि लुकाउने गरेको बताउनु भयो । हरेक स्थानीय तहहरु वडास्तरदेखी नै पत्रकार उत्पादनमा लाग्नुपर्ने, संचारमाध्यमको दिगोपनाका लागि नीति निमार्णमा ध्यान दिनु पर्ने र तथ्य र तथ्याङ्कमा स्थानीय तह पारदर्शी बन्नुपर्ने लगायतका कुरामा जनप्रतिनिधीहरु स्पष्ट हुनु पर्ने बताउनु भयो ।
संचारमाध्यम र संचारकर्मी सबैको र सधैको प्रतिपक्षि हुने भन्दै त्यसरी नै बुझन र भएका सुचानाहरु नागरीकहरुसम्म पुराउने पत्रकारको काममा सहयोग गर्न पनि जनप्रतिनीधिलाई आग्रह गर्नु भयो ।
नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्काको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पार्वती बस्नेतले धन्यवाद ज्ञापन व्यक्त गर्नु भएको थियो भने कार्यक्रमको संचालन सचिव अमर क्षितिज भण्डारीले गर्नु भएको थियो ।