
Nsb
Rks
Ksb
Ksb
Tgp
Ksb
Usb
Fmb
Ssb
Ppu
Ssb
Gsb
Rsb
jsb
Csb
Bsn

Tsb
Gsb
Hl1
Ssb
Usb

ptl
Nps
Rgu
काठमाडौं । युद्धग्रस्त इजरायलबाट २५० जना नेपाली घर फर्किएका छन्। नेपाली नागरिकलाई लिन गएको नेपाल वायु सेवा निगमको विमानबाट उनीहरु स्वदेश फर्केका हुन्।
नेपाली बोकेर इजरायलबाट उडेको विमान आज बिहीवार राति सवा ९ बजे काठमाडौंमा अतवरण हुने छ । आफूहरु सबै प्रक्रिया पूरा गरेर विमान चढेको इजरालयबाट विपिन सुवेदीले बताए। नेपाल फर्किन चाहेका करिब चार सय नेपाली नागरिकमध्ये बिहीवार नेपाल वायुसेवा निगमको विमानमा २५० जना घर फर्कन लागेका हुन्।
त्यस्तै नेपाली नागरिकलाई लिन परराष्ट्रमन्त्री एनपी साउद आफैं विमानमा इजरायल गएका छन्। त्यहाँ उनले नेपाली राजदूत र दूतावासका कर्मचारीसँग नेपालीहरुको स्थितिका बारेमा कुराकानी गरेका उनको सचिवालयले जनाएको छ।–अनलाइन खबर
