आलोक भावुक/गढवा बुधबार, कार्तिक १५, २०८०

दाङ । देउखुरीको गढवामा रहेको आयाम बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजना तथा नेपाल यूथ फाउण्डेशन नेपालको सहकार्यमा १० दिने व्यवसायिक चिया,खाजा,नास्ता तालिमको आज बुधबारदेखि गढवामा सुरु भएको छ।

संस्थाका अध्यक्ष ओम प्रकाश बसेलको अध्यक्षता तथा नेपाल यूथ फाउण्डेशन नेपालका तालिम व्यवस्थापक पुर्ण प्रसाद चौधरीको प्रमुख आतिथ्यमा तालिमको उद्घाटन गरिएको छ । १० दिन सम्म चल्ने तालिममा २० जनाको सहभागिता रहेको छ। तालिमको प्रशिक्षकमा श्यामलाल खनाल रहनु भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेपाल यूथ फाउण्डेशन नेपालका तालिम व्यवस्थापक पुर्ण प्रसाद चौधरीले । गढवामा आउने आन्तरिक तथा वाह्य पर्यटकहरुलाई स्थानिय परिकारको स्वाद चकाउनुका साथै यहाँ रहेका स्थानियहरुलाई आत्मनिर्भर वनाउने र युवाहरुलाई आर्थिक रुपमा मजबुत गर्न तालिमले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो। आत्मनिर्भर हुन व्यवसायिक रुपमा नास्ता पसल सञ्चालन गर्न सके सोचे जस्तो आम्दानी हुने चौधरीले बताउनुभयो।

त्यसैगरी कार्यक्रममा बोल्दै आयाम बहुद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष ओम प्रकाश बसेलले युवाहरु विदेश पलायन भइरहेको बेला यस्तो तालिमले युवाहरुलाई स्वरोजगार बन्न र स्वदेशमै काम गर्ने वातावरणको सिर्जना हुने बताउनु भयो। अध्यक्ष बसेलले महिलाहरुले पनि अब यस्तो खालको तालिम लिएर स्वरोजगार तथा आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनु भयो । तालिमको पुर्ण रुपमा सदुपयोग गर्न प्रशिक्षार्थीहरुलाई आग्रह समेत गर्नु भयो ।

त्यस्तै तालिममा गढवा गाउँपालिका प्रेस संयोजक आलोक भावुक, रेडियो साझा आवाजका प्रवन्ध निर्देशक दुखहरण यादव,आयाम बहुद्देश्यीय सहकारी संस्था लिमिटेडका सफि उल्लाह गुजर(समिर),कालि प्रसाद चौधरी,लगायतकाको उपस्थिति रहेको थियो ।सिता नेपालीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण श्याम चौधरीले गर्नु भएको थियो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]