प्रिया स्मृति गजमेर/लमही सोमबार, मंसिर ११, २०८०

दाङ । देउखुरीको लमही नगरपालिकाले एक हप्तामै अबैध रुपमा नदीजन्य पदार्थ चोरिनिकासी गर्न लागेका टिप्पर, ट्याक्टर, जेसिवी लगायतबाट १५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

नियन्त्रणमा रहेका अन्य ट्याक्टरबाट राजस्व उठ्न बाँकी नै छ । राप्ती नदीबाट अबैध तरिकाले चोरी गर्न लागेका साधनलाई लमही नगरपालिकाले नियन्त्रणमा लिएर करको दायरामा ल्याइएको लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीले जानकारी दिनु भयो । ट्याक्टर तथा टिप्पर व्यवसायीलाई हामीले राजस्वको दायरामा आएर कारोबार गर्नुस भनेर भनी रहेका छौं तर उहाँहरुले हाम्रो कुरा सुन्नु भएको छैन, त्यही भएर हामीले अनाधिकृत रूपमा हुने काम रोक्नु हाम्रो कर्तव्य हो”- नगर प्रमुख चौधरीले भन्नू भयो ।

त्यस्तै दिनदहाडै नदीजन्य पदार्थ ओसारपसार गर्न लागेको स्थानीयबाट व्यापक गुनासो आउन थालेपछि नगरपालिकाले वडा नम्बर १ देखि वडा नम्बर ९ सम्मका राप्ती घाटमा लमही नगरपालिकाले निरन्तर अनुगमन गरेको थियो । सो क्रम अहिले पनि जारी छ ।

नगरप्रमुख जोगराज चौधरीको नेतृत्वमा राप्ती नदीमा निरन्तर अनुगमन भएको थियो । नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीको संयोजकत्वमा पाँच सदस्यीय नदीजन्य पदार्थ अनुगमन समिति गठन गर्दै अनुगमन कार्यलाई तिब्रता दिइएको समितिका संयोजक लक्ष्मी योगीले जानकारी दिनु भयो । नदी जन्य पदार्थ मनपरि दोहोन गर्न दिदैनौं, अब हामी छिट्टै ठेक्का प्रक्रियामा जान्छौं, घाटहरु ठेक्कामा गएभने चोरीनिकासीमा केही कमि आउने छ भन्ने हाम्रो अपेक्षा छ” उपप्रमुख योगीले भन्नू भयो ।

यस्तै सो समितिमा वडा नम्बर १ का वडा अध्यक्ष दामोदर पौडेल, ३ का वडा अध्यक्ष मनोज कुमार चौधरी, ५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदी र वडा नम्बर २ का वडा सदस्य सुनिता चौधरी रहनु भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]