टेकबहादुर पुन/जिल्ला ब्युरो मंगलबार, पौष ०३, २०८०

दाङ । नेपाली काङ्ग्रेस लमही नगर समितिले कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया गरेको छ ।

अरुबेला भेट नभई चुनाबमा मात्र भेट हुने परिपाटीको अन्त्य गर्न भेटघाट कार्यक्रमको आयोजना गरिएको नगर सभापती सन्तोष बुढाथोकीले बताए । नियमित भेटघाटले पार्टी सुदृधिकरण सँगै नयाँ योजनाका प्लानहरु बनाउन सकिने उनको बुझाई छ ।

कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य तथा लुम्बिनी प्रदेशका प्रमुख राजनितिक सल्लाहकार जानकीलाल बस्नेतले देशको परिबर्तनका लागि काङ्ग्रेसको अबिस्मरणिय योगदान रहेको बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका बस्नेतले जाजरकोट र रुकुमका भुकम्प पिडितहरुको घाउमा मल्हम लगाउन काङ्ग्रेसका केन्द्रीय नेताहरु अझै उतै सघाउमै ब्यस्त रहेको बताए । अन्य पार्टीहरु मिसन ८४ भन्दै भ्रम छर्नमा ब्यस्त रहेपनि काङ्ग्रेस जहिले जनताको पक्षमा रहेको बताए । “देशमा जे जति परिबर्तन भयो, त्यसमा काङ्ग्रेसको प्रमुख भुमिका छ बस्नेतले भने-अन्य दलहरु मिसन ८४ भन्नमा ब्यस्त छन,काङ्ग्रेसीहरु भने भुकम्प पीडितहरुको टहरा बनाउनमा ब्यस्त छ ।”

उनले काङ्ग्रेसी नेता कार्यकर्ताहरुले कम्युनिस्ट जस्तो प्रचारबाजी नगर्ने बताए । कम्युनिस्टहरु थोरै काम गर्छन,धेरै प्रचार गर्छन तर काङ्ग्रेसले ठूलो काम गर्छ प्रचार गर्दैन उनले भने । ‘भुकम्प पीडितहरुको लागि सँचालित खातामा ५० लाख जम्मा गरेर अभियान चलायो,त्यही अभियानमा सबै लागे नेता बस्नेतले भने जनता र देशको लागि काङ्ग्रेस नभई नहुने पार्टी हो ।’ उनले जनताको सेवामा सबै एकढिक्का भएर लाग्न सबै पार्टी नेता तथा कार्यकर्तालाई अनुरोध गरेका छन् ।

कार्यक्रममा देउखुरी उद्योग बाणिज्य संघका सचिब गणेश घिमिरे,क्षेत्रिय प्रतिनिधि हल्लु प्रसाद चौधरी, लमही वडा ६ का सचिब ज्ञान प्रसाद चौधरी, देउखुरी बहुमुखी क्याम्पस ब्यबस्थापन समितिका सदस्य पदम पुडासैनी,क्षेत्रिय प्रतिनिधी मेघ बहादुर बिसीले पार्टीका नेता तथा काङ्ग्रेसबाट लमही नगरमा निर्बाचित जनप्रतिनिधिहरुले अहिलेसम्म गरेका कामप्रति चिन्ता ब्यक्त गर्दै सुधार्दै जानुपर्ने सुझाब दिएका थिए ।

त्यस्तै कार्यक्रममा नगरपालिका प्रतिको चासोका बिषयमा आएका जिज्ञासामा लमही नगरका प्रमुख जोगराज चौधरी र प्रबक्ता मोहन गिरीले स्पष्ट पारे । प्रमुख जोगराज चौधरीले सबै एकजुट भएर गए चुनाबका घोषणा पत्र अनुरुप काम गर्न सकिने बताए । हुलाकी राजमार्ग फराकिलोको बिषयमा उनले सडक बिभागको जिम्मा रहेको र हरेक काम गर्दा नीति नियम भएको हुँदा केही ढिला भएको बताए ।

जिज्ञासा मेटाउँदै महाधिबेसन प्रतिनिधि तथा लमही नगर प्रबक्ता मोहन गिरीले लमही बजार सुन्दर देखिने गरि काम गरिने प्रतिबद्धता जनाए । नगरको हितका निम्ति कार्यपालिका निर्णय गरेपनि कार्यान्वयनमा आउन नसक्दा सोचे जस्तो काम गर्न नसकिरहेको उनले गुणासो गरे । नदीजन्य पदार्थको बिषयमा जनताको मर्म बुझी निकास दिन निर्णय गरिएपनि अझै कार्यान्वयनमा आउन नसक्दा नगरबासी मर्कामा परिरहेको बताए ।

कार्यक्रमको अबसरमा लमही ५ निवासी ईन्दु डिसी एलिजा गुरुङ पार्टी प्रबेश गरेका छन् । जसमध्य डिसि लमही जेसिजकि उपाध्यक्ष हुन । कार्यक्रम लमही नगरका सभापती सन्तोष बुढाथोकीको अध्यक्षतामा भएको थियोे ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]