Sidha Patra मंगलबार, पौष १७, २०८०

काठमाडौं । शक्तिशाली भूकम्पमा परी जापानमा मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ । मध्य जापान र वरपरका क्षेत्रमा ठुलो भूकम्प गएपछि इशिकावा प्रान्तमा कम्तिमा २० व्यक्तिको मृत्यु भएको पुष्टि भएको हो ।

राष्ट्रिय समाचार एजेन्सी क्योडोले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै मंगलबार यसबारेमा जानकारी गराएको छ । जापानका प्रधानमन्त्री फुमियो किशिदाले भूकम्पबाट प्रभावितको उद्धारलाई समयसँगको लडाइको संज्ञा दिँदै सरकारले भूकम्प प्रभावित क्षेत्रमा केही आत्मरक्षा बल पठाएको र सहयोग जारी राख्ने बताएका छन् ।

त्यस्तै सोमवार इशिकावा प्रान्तको नोटो प्रायद्वीपमा ७.६ म्याग्निच्युडसम्मको शक्तिशाली भूकम्प गएको थियो । जापान मौसम विज्ञान एजेन्सीले आधिकारिक रूपमा यसलाई २०२४ नोटो प्रायद्वीप भूकम्पको नाम दिएको छ । यस्तै सोमवारयता जापानमा १ सय ५५ पराकम्प गएका छन् ।एजेन्सी

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]