दाङ । टेङ्गनैया बाबा धार्मिक विकाश क्षेत्र लमही-८ निम्बुखुटीको पहिलो साधारण सभा सम्पन्न भएको छ ।
सँस्थाका अध्यक्ष दिकपाल योगीको अध्यक्षता तथा जिल्ला समन्वय समिती दाङका सदस्य कुल बहादुर बुढा मगरको प्रमुख आतिथ्यमा साधारण सभा भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी बुढाले टेङ्गनैयाको बिकाश र प्रचारका निम्ति सबै एकढिक्का भएर लाग्नुपर्ने बताए ।बिकाशका निम्ति धार्मिक र पर्यटनले महत्वपुर्ण भुमिका खेल्ने बताउँदै उनले विभिन्न तहका सरकारहरुले यसतर्फ ध्यान दिन आग्रह गरे । पर्यटनका लागि यसक्षेत्रलाई प्रकृतीले साथ दिएको भन्दै लमही वडा नम्बर ७ र ८ लाई चिनाउन टेङ्गनैया बाबाको भुमिका रहने बताए । यो सँगै वडा नम्बर ७ मा रहेको होमस्टे फस्टाउने र जँगल सफारी अनि राप्तीमा र्याप्टिङ गराउन सके समग्र यी वडाहरु उदाहरणिय हुने बताए ।
‘यति गर्न सके बस्ने, नुहाउने, धार्मिक पुजा, सफारी सबै हुने भयो बुढाले भने-टाढाका पर्यटकलाई चाहिने सुबिधा यिनै हुन, यसतर्फ सबैको ध्यान जान जरुरी छ ।’ उनले टेङ्गनैयाको बिकाशका निम्ति आफुले समन्वय समितिसँगै स्थानिय सरकार र अन्य निकायसँग पहल गर्ने बताए ।
सँस्थाकि उपाध्यक्ष पार्बती गौतमको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा कोषाध्यक्ष अमृ थापाले २ लाख, १३ हजार, ४ सय ४७ रुपैयाको बार्षिक लेखापरिक्षण प्रतिबेदन प्रस्तुत गरेकि थिईन । कार्यक्रममा सँस्थाकि सल्लाहकार राधा केसी,आजिवन सदस्य राजेन्द्र खड्का,सतबरिया सानाकिशान सहकारी सँस्थाका अध्यक्ष तेजमणी ज्ञावली, गिरिराज बुढाथोकी, सहसचिब तारा प्रसाद नेपाली, यादब प्रसाद काफ्ले, आजिवन सदस्य कर्ण बहादुर बुढाथोकी, वडा नम्बर ७ कि महिला वडा सदस्य उर्मिला चौधरी, वडा ८ कि सदस्य देवा परियार लगायतले शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रममा निम्बुखुटीका सम्पुर्ण गाउँबासीहरुको अतुलनिय सहयोगले तदर्थ समिति गठन गरि सँस्था दर्ता तथा प्रचारमा महत्वपुर्ण भुमिका खेलेको भन्दै तत्कालिन अध्यक्ष डिल्लि बहादुर खड्का र सचिब यादबनाथ योगीलाई कदरपत्रले सम्मान गरिएको थियो ।कार्यक्रममा अध्यक्ष दिकपाल योगीले टेङ्नैया बाबा धार्मिक क्षेत्र यहाँसम्म आईपुग्नुमा निम्बुखुटी बासीको प्रमुख भुमिका रहेको भन्दै सबैमा धन्यबाद ज्ञापन गरे । आगामी दिनमा पनि यस क्षेत्रको बिकाशका निम्ति सबै एकजुट भएर लाग्नुपर्ने बताए ।
>>टेङ्गनैयाको ईतिहास:
दाङको लमही नगरपालिका वडा नम्बर ८ अन्तरगत पर्ने निम्बुखुटीको सामुदायिक बनभित्र पहाडको फेदीमा अबस्थित छ टेङ्गनैया बाबा । यहाँ रहेको शिव मन्दिरको आशपासमा सधै पानी रहिरहने भएकोले यसक्षेत्रलाई जलाधार क्षेत्र मानिन्छ । पुर्ब पश्चिम महेन्द्र राजमार्ग देखि चार किलोमिटर उत्तरमा रहेको सो मन्दिर धार्मिक ईतिहास सँग जोडिएको जानकार बताउछन । परापुर्ब कालमा पाँच पाण्डबहरु स्वर्ग जाने क्रममा रिहार हुँदै यश क्षेत्रमा विश्राम गरि घोराही उपमहानगरपालिका वडा नम्बर ५ स्थित धारापानीको पाण्डबेश्वर मन्दिरमा समेत विश्राम गरि स्वर्गद्वारी पुगेको धार्मिक किंबदन्ती छ ।त्यस्तै यहाँ रहेको गुफा मन्दिरलाई स्वर्गद्वारी महाप्रभुका कान्छा चेला थानी महाराज ध्यान तपस्याको बेला देखेर भौतिक रुपमा पटकपटक खोजी गरेको स्थानिय बुद्धिजीवी समाजसेवी स्वर्गीय खिमनाथ योगिले बताउँदै आएका थिए । जँगल गएको बेला सुरुमा स्थानिय अग्रज ब्यक्तित्व स्वर्गीय आईतुराम बरालले गुफा मन्दिरलाई देखेपछि स्थानिय स्तरमा प्रचार सुरु भएको पुराना गाउँबासी बताउँछन ।
यसमन्दिरमा शिबरात्रीको अबसरमा ठूलो मेला लाग्ने गर्दछ । साथै प्रत्यक सोमबार भक्तजनहरुले दर्शन गर्ने र भाकल गरेको कुरा पूरा हुने जनबिश्वास रहँदै आएको छ । स्थानिय सरकार, सामुदायिक बनहरुको सहयोगमा गाउँदेखी गुफा मन्दिर सम्म पुग्ने गोरेटो बाटोको ट्रयाक खोलिएको हो । तर उक्त बाटो बर्सेनि बर्षायाममा बिग्रिएको देखिन्छ । स्थानिय सरकारले पक्कि बाटो तर्फ ध्यान दिए टेङ्गनैयाको थप बिकाश हुने निश्चित छ । त्यसो त लमही नगरपालिकाले हालसालै स्थानिय पाठ्यपुस्तकमा टेङ्गनैया बाबा बारे समाबेस गरेको छ । खासगरी स्थानिय स्तरको कक्षा ४ देखि कक्षा ८ सम्मका पाठ्यपुस्तकमा टेङ्गनैया बाबाको ईतिहासका बारेमा समाबेस गरिएको हो ।