
Ssb
Usb
Rks
Fmb
Csb
Tgp
Ksb
Ksb
Rsb
jsb
Ksb
Ssb
Gsb
Nsb
Ppu
Bsn

Hl1
Gsb
Usb
Tsb
Ssb

Rgu
ptl
Nps
दाङ । क्यान्सर पीडित सहयोग समाज दाङ नेपाल र अन्तर्राष्ट्रिय समन्वय समिति विदेश विभागको संयुक्त सहकार्य एवं समन्वयमा मांसपेशी शाेष रोगको पीडित सीयोना श्रेष्ठलाई उपचारको लागि ६९ हजार,दुई सय,१ रुपैया संस्थाले सहयोग गरेको छ ।
क्यान्सर पीडित सहयोग समाज दाङ नेपालका संस्थापक तथा अन्तर्राष्ट्रिय समन्वय समिति संरक्षक दिपेन्द्र घर्ती मगरको संयोजक एवं अन्तर्राष्ट्रिय समन्वय समितिका विदेश विभाग प्रमुख रमेश बुढा मगरको संयुक्त नेतृत्वमा उक्त रकम पीडित श्रेष्ठलाई हस्तान्तरण गरिसकेको सहयोगी मनहरुलाई र देश विदेशमा रहनु हुने सम्पुर्णमा संस्थाले जानकारी दिएको हो ।
पीडित श्रेष्ठको लागि आर्थिक संकलन अभियानमा आर्थिक सहयोग गर्नु हुने किसान काफ्ले तथा सम्पूर्ण अल बराक कम्पनीमा कार्यरत सबै नेपाली मनकारी मित्रहरुमा क्यान्सर पीडित सहयोग समाज दाङ संस्थाले धेरै धेरै धन्यवाद दिएको छ । साथै उक्त रकम समाजसेवी एवं बुद्धिजीवी हाल अमेरिकामा बसोबास गर्दै आउनु हुने,इशा गुरुङसंग सहकार्य गरि सबैको सल्लाह सुझाव लिएर यहीँ तिहारको अवसरमा जम्मा गरिदिने संस्थाले जानकारी दिएको छ ।
क्यान्सर पीडित सहयोग समाज दाङ नेपालले पछिल्लो समय समाजमा निम्न वर्ग जो क्यान्सर पीडित भएपछि उपचार गर्न नसकिरहेको अबस्थामा संस्थाले देश विदेशमा रहनु भएका दाजु-भाइ,दिदीबहिनी संग सहकार्य एवं समन्वय गरि पीडितको उपचार खर्च जुटाएर हस्तान्तरण गर्दै आइरहेको छ भने अहिले संस्थाले आफ्नो अन्तर्राष्ट्रिय समन्वय समिति गठन गरि सकेको छ । जसमा अध्यक्ष बाके जिल्ला हाल साइप्रसमा कार्यरत रमिता थापा हुनुन्छ । त्यस्तै नेपाल कार्यसमितिको अध्यक्षमा चन्द्र बाठा मगर जो रोल्पा जिल्ला परिवर्तन गाउँपालिका देखि नेतृत्व गरिरहनु भएको क्यान्सर पीडित सहयोग समाज दाङ नेपालका प्रमुख संस्थापक विशाल रोका मगरले सिधा पत्र डट कमलाई जानकारी दिनु भएको हो ।

