टेकबहादुर पुन/जिल्ला ब्युरो शुक्रबार, पौष २७, २०८०

दाङ । दाङको प्रमुख धार्मिक तथा पर्यटकिय क्षेत्र मध्य एक हो रिहार बगारबाबा धाम ।

लमही नगरपालिका वडा नम्बर ९ रिहारमा हरेक वर्ष माघे संक्रान्तिको अवसरमा ठूलो मेला लाग्ने गर्छ । मेलाको पुर्ब सन्ध्यामा चहलपहल शुरु भईसकेको छ । ब्यापारका लागि स्टल राख्ने र भक्तालु जनहरु आउने जाने प्रक्रिया १५ दिन अघिदेखी शुरु भईसकेको छ ।

खासगरी भारतीय तिर्थयात्रीहरुको यहाँ घुईचो लाग्ने गर्दछ । यस वर्ष पनि भारतीय तिर्थयात्रीको संख्या बढ्न सक्ने बगार बाबा धार्मिक पर्यटन विकास क्षेत्रका अध्यक्ष रबिन्द्र खत्रीले बताए । उनका अनुसार यसबर्ष आन्तरिक तथा बाह्य गरी तीनदेखि साढे तीनलाख सम्म पर्यटकलाई अबलोकन गराउने समितीको लक्ष्य छ । यसक्षेत्रमा रहेका मामी सौरी मन्दिर, बगारबाबा, गणेश मन्दिर, कालि, शिवको मन्दिर, झाँक्रि थान, बराह, सुर्यकोण, कोटीहोम लगायतका क्षेत्रहरुमा भक्तजनहरुको घुँईचो लाग्ने गर्दछ । यसमध्य तप्तकुण्डमा स्नान र भौरी ढुँगा बोकेर मन्दिर परिक्रमा गर्नेहरुको भिड देखिन्छ । तप्तकुण्डमा स्नान गरेपछि जिवनभरीको पाप पखालिने बिश्वास सँगै चर्मरोगहरु निको हुने जनबिश्वास छ । को बलियो भन्ने मान्यताका साथ भौरी ढुँगा बोक्नेको लहरपनि त्यतिकै हुन्छ ।

त्यस्तै बगार बाबा र बराह मन्दिरमा भेडाको बलि दिने चलन छ । भाकल अनुसार भेडाको बलि चढाए मनोआकाँक्षा पूरा हुने बिश्वास गरिन्छ । यहाँ अबस्थित धार्मिक क्षेत्रहरुको आ-आफ्नै ईतिहास छन । द्वापर युुगमा ऋषिमुनिहरुले बिहार गरेको स्थलको रुपमा रिहार परिचित छ । यो धामको इतिहास पाँच हजार वर्ष पुरानो मानिन्छ । द्वापर युुगमा ग्वालाहरुले गाई चराउने र गाईले बगारबाबालाई दूध चढाउने गरेको धार्मिक विश्वास छ ।

राजमार्गको दायाँ बाँयामा फैलिएको रिहार धाम एकसय हेक्टर क्षेत्रफलमा छ । यहाँका मन्दिरमा पुजा अराधना गरेपछि बगारबाबा खुसी हुने र सन्तान, धन सम्पत्ति लाभ हुुने विश्वास छ ।

रिहारलाई खासगरी यदुवंशी अर्थात यादवहरुले  आफ्नो पुर्खाको  उदगमस्थल मान्दै आएका छन् । यदुवंशीहरुले यसक्षत्रालाई आफ्नो सांस्कृतिक धरोहरका रुपमा लिने गरेका छन् । क्षेत्रमा थारु जातीहरुको पनि सँस्कृति जोडिएको छ । थारु जातीहरुले परापुर्वकाल देखी यसक्षेत्रमा गोठ बनाएर गाई चराउने र बगारबावालाई पूजाआजा गर्दै आएका छन् । आध्यात्मिक र तान्त्रिक गरि दुबै थरीका पुजा गरिने भएकाले पनि रिहार सबै तीर्थालुको आस्थाको गन्तव्य बनेको छ । रिहारमा द्वापर युगमा दंगीशरण राजा र यदुवंशीको  बीचमा घोडीको  विषयमा विवाद भएको र विवाद मिलाउनलाई कृष्ण भगवान रिहार आएको  किंबदन्ती छ ।

नेपाल सरकारको एकसय पर्यटकिय क्षेत्र मध्यमा पर्ने धार्मिक क्षेत्र रिहारमा पौष २८ देखि माघको ३ गतेसम्म मेलाको आयोजनाको तयारी गरिएको समितीका अध्यक्ष खत्रीले बताए । मेलामा ५५ वटा स्टल रहनुका साथै मोटर बोट, चर्पे पिङ, झुला लगायतले थप आकर्षण बढाउने बिश्वास गरिएको छ । समितीले गतबर्षदेखी मेला आफै लगाउँदै आएको छ । यो भन्दा अघि टेण्डर प्रक्रियामा मेला लाग्ने गर्दथ्यो ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]