प्रिया स्मृति गजमेर/लमही शनिबार, माघ ०६, २०८०

दाङ । नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ को नियमित बैठक शनिबार लमहीमा सम्पन्न भएको छ । क्षेत्रीय सभापति भेषराज पाण्डेको सभापतित्वमा भएको बैठकले विभिन्न निर्णय गरेको छ ।

क्रियासिल नविकरणलाई प्रभावकारी गराउनका लागि प्रदेश ‘क’ का सभापति तथा क्षेत्रीय कार्यसमितिका उपसभापति श्रीपत चौधरी संयोजक, दीनेश गिरी सहसंयोजक र सदस्यहरुमा हरिहर शर्मा, खेम चौधरी र प्रकाश कुमार जिसी रहनु भएको छ भने राजपुर गाउँपालिकाको लागि ओम प्रकाश यादव, गढवा गाउँपालिकाको लागि ओभा पाठक, राप्ती गाउँपालिकाको लागि जोखुराम चौधरी र लमही नगरपालिकाको लागि अजय न्यौपानेलाई जिम्मेवारी दिइएको छ ।

त्यसैगरी नेपाली काङ्ग्रेस दाङ क्षेत्र -१ क्षेत्रीय समितिले हालसम्म गरेका निर्णयहरु के कति कार्यान्वयन भए भएनन भन्ने विषयमा जानकारी संकलन गर्नका लागि क्षेत्रीय सचिव खेमराज चौधरीलाई जिम्मेवारी दिइएको छ ।

यस्तै क्षेत्रीय कार्यसमितिमा आर्थिक संकलन गरि कोष संचालनका लागि क्षेत्रीय कोषाध्यक्ष गीता चौधरीको संयोजकत्वमा तीन सदस्यीय कोष संकलन समिति गठन गरिएको छ । अजय न्यौपाने र किरण विक्रम शाह सदस्य रहनु भएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]