
Ssb
Bsn
Ppu
Ksb
Ksb
Ksb
Ssb
Csb
Nsb
Tgp
Rsb
Fmb
Rks
jsb
Gsb
Usb

Tsb
Hl1
Usb
Gsb
Ssb

Rgu
ptl
Nps
दाङको लमही सब्जीमण्डीमा तरकारीको अभाव भएको छ । कोरोना भाइरसको सन्त्रास बढे सँगै बजार पुरै लकडाउन भएपछी किसानहरूले उत्पादन गरेको तरकारी बजारमा न आउदा तरकारी अभाव भएको हो। दाङसंग जोडिएका भारतिय नाका क्षेत्र समेत बन्द भएपछि तरकारीको अभाव सिर्जना भएको सत्यसाई तरकारी पसलका सञ्चालक कोमानन्द पाण्डेले जानकारी दिएका छन् । बजारमा अहिले थोरै मात्रामा अालु,खुर्सानी र बन्दा गोभी बाहेक कुनै पनि हरियो तरकारी नरहेको तरकारी व्यापारीहरूले बताएका छन् । बजार बन्द भएपछि भएका तरकारी पनि बिक्री नभएको व्यापारीहरूको भनाई छ । कोरोना असरका कारण तरकारीको मुल्य भने बृद्धी नगरिएको मामा एण्ड सन्स पसलका सञ्चालक ओमप्रकाश गुप्ताले जानकारी दिएका छन् । सरकारले कोरोनाबाट सतर्कता अपनाउन पर्ने भन्दै पुरै देश लक डाउन गरेको हो।
