अजय मिश्रा/कपिलवस्तु शुक्रबार, जेठ २५, २०८१

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा रहेको नागरिक आरोग्य सेवा केन्द्रले नागरिक सचेतनमूलक कर्यक्रम अभियानलाई तिब्रता दिदै आएको छ।

नगर क्षेत्रका प्रत्येक वडाका जन समुदायलाई मेरो स्वस्थ मेरो जिम्मेवारीको बोध गराउने उदेश्यका साथ अगुवाहरुलाई तालिमका मध्यमद्वारा सचेत गराउदै समुदायका व्यक्ति हरूलाई समेत समय समयमा आग्रह गर्दै आएको छ । बढ्दो दीर्घ कालीन नसर्ने रोगबाट बच्नका लागि आहार बिहार दिनचर्यामा आमूल परिवर्तनको खाचो रहेको कबीराज डॉ नागेश्वर मिश्रले जानकारी दिए ।

वडा नम्बर ५ को पुरुषोत्तमपुर बाट शुरू भएको अभियानको दोस्रो दिन वडा नम्बर ११ मा वडा अध्यक्ष जीवन श्रीवास्तवको अध्यक्षतामा संचालन भएको कार्यक्रममा बोल्दै कर्यक्रमका प्रमुख अतिथि नगर प्रमुख रजत प्रताप शाहले आफ्नो नगरका नागरिकलाई स्वस्थमा समृद्ध बनाउन आफु सदैव तत्पर रहेको र गाउँ घर क्लिनिक,नागरिक आरोग्य अभियान,जेष्ठ नागरिक स्वस्थ शिबिर,स्तान पान गराउने महिलालाई दुध बर्धक औषधि वितरण,आँखा शिबिर लगायत विविध कार्यक्रम निरन्तर संचालन भएको साथै प्रत्येक वडामा सुबिधा युक्त स्वस्थ चौकी सुधार कार्यमा तिब्रता साथ आफुअगाडि बढेको बताए ।

त्यस्तै नागरिक आरोग्य अभियान वडा नम्बर १० , वडा नम्बर २ लगायत विभिन्न विद्यालय तथा समुदाय स्तरमा तिब्रताका साथ संचालन हुदै आएको तथा उक्त कार्यक्रमबाट नागरिकहरुको बानी व्यवहारमा परिवर्तन आउने जन विश्वास रहेको नगर प्रमुख शाहले बताए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]