Menus

दिपक वली/घोराही आइतबार, आषाढ ३०, २०८१

दाङ । गुरुकुल एकेडेमी घोराहीले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाएको छ । विद्यालयले शनिबार एक कार्यक्रमको आयोजना गरी नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११औं जन्मजयन्ती मनाएको हो ।

असार २९ गतेको दिन नेपाली लोकलयमा आधारित नेपाली रामायणका रचनाकार आदिकविको सम्झनामा विभिन्न साहित्यिक गतिविधिको आयोजना गरि परम्परागत रुपमा मनाउदै आएको जन्म उत्सव गुरुकुल एकेडेमीले सोही अनुरुप मनाएको हो ।

हरेक वर्ष भानुजयन्तीमा राष्ट्रिय विभूति भानुभक्तको तस्विरमा टिका तथा माल्यार्पण लगायत विभिन्न गतिबिधि गरी मनाउदै आएको छ । १८७१ असार २९ गतेका दिन नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्म भएको थियो । उनको बुवाको नाम जन्म धनञ्जय आचार्य र आमाको नाम धर्मावतीदेवी हो। पिता धनञ्जय जागिरे हुँदा भानु भक्तको हेरचाह बाजे श्रीकृष्ण आचार्यबाट भएको थियो ।

त्यस्तै भानुभक्तको १९२५ असोज ६ गते निधन भएको थियो । नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविको रूपमा परिचित भानुभक्त वाल्मिकी रामायणका अनुवादकका रूपमा प्रख्यात छन् । भानुभक्तले‘प्रश्नोत्तर’,भक्तमाला, बधुशिक्षा लगायतका कृति लेखेका छन् भने उनका पाण्डुलिपीलाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यमा चिनिएको र उँहाको जन्मजयन्तीको निकै महत्वका साथै मनाउदै आएको नेपाली विषयका साहित्यकार तथा गुरुकुल एकेडेमीका प्रधानाध्यापक डा. कृष्णराज डिसिले बताए ।

गुरुकुल एकेडेमीका प्रधानाध्यापक डा कृष्णराज डिसिको अध्यक्षतामा भएको जन्मजयन्ती कार्यक्रममा विद्यालयका शिक्षक तथा विद्यार्थीहरुले आचार्यको तस्विरमा टिका तथा माल्यार्पण गरेका थिए । कार्यक्रमको सहजिकरण विद्यालयका शिक्षक मेघनाथ खड्काले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- sidhapatranews@gmail.com

Close