दुख हरण यादव आइतबार, साउन २०, २०८१

दाङ । नेपाल तरुण दल दाङ क्षेत्र नम्बर १ को क्षेत्रीय बैठकले बृहत तरुण प्रशिक्षण गर्ने निर्णय गर्दै बैठक सम्पन्न भएको छ ।

नेपाल तरुण दल दाङ क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति किरण बिक्रम शाहको सभापतित्वमा बसेको बैठकले बिभिन्न कार्ययोजना सहित बैठक सम्पन्न गरेको हो । शाहको अध्यक्षतामा बसेको बैठकले भदौको पहिलो साता बृहत तरुण प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।

नेपाली काङ्ग्रेसको निति सिद्धान्तलाइ आत्मसात गर्दै क्षेत्र नम्बर १ मा बृहत तरुण सम्मेलन तथा प्रशिक्षण गरेर जुझारु तरुण तयार गर्ने उद्देश्यको साथ सम्मेलन तथा प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको सभापति शाहले बताए । त्यसैगरि समितिले तरुण दल चलायमान र गतिशिलको लागि पालिका र वडा तहमा नेपाल तरुणदलको समिति बिस्तारको लागि पालिका स्तरीय तरुण दललाइ निर्देश गर्नुको साथै सोको गतिबिधि प्रतिबेदन नियमितरुपमा क्षेत्रमा पेश गर्ने निर्णय गरिएको छ ।

त्यस्तै समितिको बैठकले स्थानीय निकायमा हुनसक्ने अनियमितता नियन्त्रण पारदर्शिता र सुशासनकायम गर्नको लागि बिधि प्रक्रिया निति अनुसार काम कार्वाही भए नभएको विषयमा खबरदारी गर्ने पनि निर्णय गरेको छ ।नेपाल तरुणदल क्षेत्रीय समितिलाइ चुस्त र गतिशिल बनाउन ग्रासरुट लेबलदेखि तरुण दल प्रति आकर्षण गर्ने योजना बनाउने,अन्य पार्टीका युवा भन्दा बढि सक्रिय,समर्पित उर्जावान बनाउने पार्टी पंक्तिमा निति र बिधान अनुसार काम गर्न अनुरोध गर्दै सबै युवा एक जुट हुन शाहले आनुरोध समेत गरे । तरुणदलका क्षेत्रीय उपाध्यक्ष हरि बहादुर पुनको स्वागत मनत्व्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण सचिव रमेश खड्काले गरेका थिए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]