Sidha Patra शुक्रबार, साउन ३२, २०८१

दाङ । देउखुरीको राजपुर गाउँपालिकाले माध्यामिक विद्यालय सिक्टाको निमित्त प्रधानाध्यापकमा भरत बहादुर बस्नेतलाई नियुक्त गरेको छ ।

त्यस विद्यालयमा कार्यरत रहेका निम्न माध्यामिक विद्यालयका राहत अंग्रेजी शिक्षक बस्नेतलाई अर्को व्यवस्था नभएसम्मका लागि प्रधानाध्यापकको जिम्मेवारी दिएको उल्लेख गरेको छ । राजपुर गाउँपालिकाले यहीँ साउन ३१ गते शिक्षक बस्नेतलाई निमित्त प्रधानाध्यापकको जिम्मेवारी दिएको भनेर निर्णय गरेको छ ।

त्यस्तै सो विद्यालयमा प्राथमिक तहका राहत शिक्षक विष्णु खत्रीले निमित्त प्राधानाध्यापकको कामकाज गर्दै आएका थिए । गाउँपालिकाले गरेको निर्णयप्रति निवर्तमान प्रधानाध्यापक खत्रीले सामाजिक संजाल फेसबुकमा आपत्ति जनाउदै विभिन्न खालका स्टाटस लेख्दै आएका छन् ।

राजपुर गाउँपालिकाका अध्यक्ष शरद कुमार बुढाथोकीले सिस्टम भन्दा बाहिर गएर विद्यालय व्यवस्थापन समितिले गरेको निर्णयलाई पालिकाले हस्तक्षप गर्दै सो खालको निर्णय गरेको बताए । पालिकाभित्र रहेका सबै विद्यालयहरु नियम संगत संचालन भए नभएको अनुगमन गरिरहेको र त्यस्ता विद्यालयलाई सिस्टमको दायरामा लिने पनि बताए ।

मावि सिक्टाका प्रधानाध्यापक खत्रीले अमर्यादित भएर सामाजिक संजालमा प्रस्तुत हुने गरेको, भ्रमपूर्ण सूचना फैलाउने, सबैलाई डर त्रास देखाउने जस्ता सामाजिक संजालमा लेख्ने गरेको समेत पाइएको छ । यो एउटा शिक्षक जस्तो मर्यादित पेशाको पालना भएन त्यस कारण पनि पालिकाले उनलाई प्रधानाध्यापकको जिम्मेवारीबाट हटाएको हो’- अध्यक्ष बुढाथोकीले भने । विद्यालय सुधारका लागि निवर्तमान प्रधानाध्यापक खत्रीलाई राजपुर गाउँपालिकाले पटक पटक दिएको निर्देशन अवज्ञा गरेको बताउदै आएको छ ।

त्यस्तै प्रधानाध्यापकको जिम्मेवारी कुशलता पुर्वक निभाउन नसकेको समेत पालिकाले जनाएको छ । अहिले सो विद्यालयमा विद्यालय व्यवस्थापन समिति छैन, पहिले बनेको विव्यस समितिको समय पनि सकिसकेको र विद्यालय गैरकानूनी तरिकाले संचालन हुँदै आएको पालिकाले बताएको छ ।

लामोसमयसम्म विद्यालय व्यवस्थापन समिति गठन हुन सकेको थिएन । विद्यालयले घन बहादुर वलीलाई अध्यक्ष बनाए पनि मापदण्ड नपुगेको भन्दै वलीलाई गाउँपालिकाले मान्यता दिएको थिएन । केहि अगाडी सोहि विद्यालयका राहत शिक्षक भरत बहादुर बस्नेतले ‘म सिनियर शिक्षक भएकोले मलाई यस विद्यालयको प्रधानाध्यापकमा नियुक्त गरि पाउँ’ भनेर राजपुर गाउँपालिकाको शिक्षा शाखामा निवेदन दिएको त्यहाँका प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पाण्डेले बताए । शिक्षक बस्नेतले दिएको निवेदनलाई कार्यान्वयन गरिएको उनको भनाई छ । सिनियरका हिसाबले बस्नेत नै सो विद्यालयको प्रधानाध्यापक हुने पाण्डेले बताए ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]