दाङ । नेपाली काङ्ग्रेस निकट थारु संघको वडा समिति धमाधम गठन गरिँदै छ ।
देशैभर थारु संघको वडा,नगर, क्षेत्र,जिल्ला,प्रदेश र केन्द्रिय समिति गठन गर्ने निर्णय अनुरुप दाङ क्षेत्र नम्बर १ मा पनि धमाधम समिति गठन गरिदैँ छ । लमही नगरपालिका अन्तरगतका वडाहरुमा वडा समिति गठन गर्ने र क्रमश नगर,क्षेत्र,जिल्ला गठन गर्ने कार्यक्रम रहेको नेपाली काङ्ग्रेसका महासमिति सदस्य मोहन गिरीले बताए । अहिले लमही नगरका वडाहरुमा समिति गठन भईरहेका छन ।
लमही नगरपालिका वडा नम्बर ७ मा हनुमान चौधरीको नेतृत्वमा थारु संघ वडा समिति गठन गरिएको छ । सचिबमा प्रबिण चौधरी, उपसभापतीमा पुष्पा चौधरी,कोषाध्यक्षमा उर्मिला चौधरी,सदस्यहरुमा निर्मला चौधरी, सीता चौधरी, कलशपती चौधरी,बिष्णु चौधरी,रामप्रसाद चौधरी, ईन्द्र बहादुर चौधरी,अर्जुन चौधरी,श्रिचरण चौधरी, बालकृष्ण चौधरी, मनिराम चौधरी र अम्मरराज चौधरी निर्बिरोध चयन भएका छन ।नेपाली काङ्ग्रेस लमही नगरपालिका वडा नम्बर ७ ले आईतबार बैठक तथा छलफलको आयोजना गरि थारु संघ वडा समिती गठन गरिनुका साथै नगर र क्षेत्रमा क-कसलाई पठाउने भनी नामपनि टुँगो लगाएको छ । बैठकले थारु संघको क्षेत्रिय प्रतिनिधीको रुपमा महाबिर चौधरी, कृष्णराज चौधरी, मन्साराम चौधरी, प्रमिला चौधरी र पानमोती चौधरीको नाम टुंगो लगाएको हो ।
त्यस्तै लमही नगर समितीमा अम्मर बहादुर चौधरी, मोतिलाल चौधरी,अनुप चौधरी,बिष्णु चौधरी र छोट्कनिहा चौधरीलाई पठाउने गरि निर्णय गरेको छ । नेपाली काङ्ग्रेस लमही नगर वडा नम्बर ७ का वडा सभापति शालिकराम चौधरीको सभापतित्व तथा महासमिती सदस्य मोहन गिरीको प्रमुख आतिथ्यमा बैठक भएको हो ।
बैठकलाई सम्बोधन गर्दै गिरीले काङ्ग्रेसलाई मजबुत बनाउन सबै भातृ तथा शुभेच्छुक सँस्थाहरु गतिसिल हुनुपर्ने बताए । काङ्ग्रेसको जग भनेकै भातृ संस्थाहरु भएकोले जगलाई नै बलियो बनाउदै एकआपसमा सामिप्यता सहितको एकता आबस्यक रहेको बताए । गिरीले नबगठित समितिका पदाधिकारीलाई बधाई तथा शुभकामना ब्यक्त गर्दै काँधमा काँध राखेर समग्र पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिए ।