शिबराज पन्थी/सिधा-पत्र कर्मी सोमबार, भाद्र ३१, २०८१

दाङ । गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेश समितिको आयोजनामा आईतवारदेखि प्रदेशका सबै जिल्लाहरुबाट आएका संघसंस्थाहरुका अगुवाहरुलाई प्रदेश राजधानी देउखुरीमा नेतृत्व क्षमता बिकास,प्रतिवेदन तथा प्रस्तावना लेखन कार्यशालाको उद्घाटन गरिएको छ ।

गैसस महासंघ लुम्बिनी प्रदेश अध्यक्ष जित कुमारी बेल्वासे (शुसीला ) को अध्यक्षतामा आयोजित कार्यशालाको उद्घाटन लुम्बिनी प्रदेश सरकारका सामाजिक बिकास समितिका सभापति यमु गैरेले गमलाको बिरुवामा पानी हालेर गरेका हुन् । कार्यक्रमको उद्घाटन गर्दै सभापति गैरेले गैरसरकारी संस्था महासंघ नागरिकहरुको स्वतन्त्रताको पक्षमा मानव संसाधनको बिकासका लागि काम गर्ने सामाजिक संस्था भएको बताए ।लैंगिक समानता, बिपन्न र सिमान्तकृत वर्ग समूदाय र लैगिक अल्पसंख्यक वर्ग समूदायको समून्नत बिकासका लागि गैह्र सरकारी संस्था महासंघले भूमिका खेल्नुपर्ने उनले बताए । मानव सुशांकको विकासमा गैससको भूमिका रहनुपर्ने र संघसंस्थाहरुमा शुसासन तथा पारदर्शिता कायम गर्नेगरी बिकृति र बिसंगतिहरुलाई मौलाउनबाट जोगाउने कार्यमा महासंघको भूमिका महत्वपूर्ण रहने उनले औंल्याए । गैरसरकारी सामाजिक क्षेत्रबाट आफ्नो ब्यक्तित्वको बिकास गरेर यो स्थानमा आउन सफल भएको सभापति गैरेले भने ।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सरकार सामाजिक बिकास मन्त्रालयका सचिव बिनोद खड्काले नागरिकहरुको अधिकारकोे पक्षमा सरकारका निकायहरुसंग छलफल, वहस र पैरवी गर्दै सरकारका निकायहरुलाई पनि गैसस महासंघले सचेत गराउदै आएको बताए । नागरीकहरुको पक्षमा काम गर्ने सामाजिक संघसंस्थाहरुको छाता संगठनलाई प्रदेश सरकारको पनि साथ र सहयोग रहने उनले बताए । कार्यक्रममा गैरसरकारी संस्था महासंघ लुम्बिनप् प्रदेशका इन्चार्ज गोबिन्द प्रसाद रेग्मी र अधिकारकर्मी जुनु चौधरी लगायतले बोलेका थिए ।सोमवारसम्म संचालन हुने उक्त कार्यशालामा गैरसरकारी संघसंस्थाहरुको संस्थागत क्षमता बिकास, गैससको स्थापनाको औचित्य र ऐतिहासीक पृष्ठभूमी,प्रतिवेदन लेखन र प्रस्तावना लेखन सम्बन्धि अभ्यास र संघसंस्थाहरुमा नेतृत्व बिकासको पोलिसी तथा सुशासन र पारदर्शिताका बारेमा सैद्धान्तीक एवं प्रयोगात्मक अभ्यास गरिने गैसस महासंघ लुम्बिनी प्रदेशका कार्यकारी अधिकृत केशव भुसालले जानकारी दिए । दुई दिनसम्म संचालन गरिने यस कार्यक्रममा गैसस महासंघ नेपालका विज्ञहरु शोभाराम डाँगी र सञ्जय लम्सालले प्रशिक्षण दिने छन् । उद्घाटन कार्यक्रमको संचालन महासंघका लुम्बिनी प्रदेश कार्यकारी अधिकृत केशव भुसालले गरेका हुन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]